नेपाल नाममा मात्र कृषि प्रधान : विदेशबाट किनियो ८९ अर्बको खाद्यान्न

  • प्रकाशित मितिः पुष, 26, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / नेपालमा पछिल्लो ५ महिनामा ८९ अर्बको दाल, चामल जस्ता कृषिबाट उत्पादित वस्तु भित्रिएको छ । कृषिको प्रचुर मात्रामा सम्भाव्यता भएतापनि साधनको अभाव र बजारिकरणको समस्याले वैदेशिक आयात बढाएको हो ।

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने विभिन्न घोषणाहरु भएपनि व्यवहारमा भने लागु भएको देखिदैन । यस आर्थिक बर्षको पाँच महिनामा मात्र ८ढ अर्ब ४० करोड रुपैयाँको कृषिका सामाग्री आयात भएको देखिन्छ । जुन अघिल्लो बर्षको भन्दा १३.८ प्रतिशतले बढेको छ । बढ्ने क्रम अझै जारी छ जसले कृषि प्रधान नेपाल नाममा मात्र सिमित भएको स्पष्ट देख्न सकिन्छ ।

सरकारले धान उत्पादनमा अहिलेसम्मकै रेकर्ड भएको दाबी गरे पनि सबैभन्दा बढी चामल आयात भएको छ । पहिलो ५ महिनामा १३ अर्ब ५८ करोड रुपैयाँको आयात भएको तथ्यांकमा छ । अघिल्लो वर्षको सोही अवधिमा ४२।६ प्रतिशतले बढी हो । ‘सरकारी तथ्यांकले उत्पादन बढेको देखिन्छ । रेकर्ड नै कायम भएको छ,’ अर्थविद् केशव आचार्यले भने, ‘उपभोग पनि बढेकाले केही आयात बढेको छ । सबै सामग्रीको आयात बढ्दा पनि राष्ट्रिय योजना आयोग गम्भीर देखिएन । सरकारले गम्भीरतापूर्वक लिँदै लिएन ।’

कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले कृषिको वृद्धि दर बढेकाले खपत त्यहीअनुसार बढेको बताए । उनले बास्मती चामल मुख्यत ः पुलाउका लागि आयात भएको बताए । ‘सम्पन्न ठाउँमा मोटा चामल खाँदैनन् । दुगर्मका धनीले पनि मोटा चामल खाँदैनन् । खाद्य संस्थानले मसिनो चामल ढुवानी गरेको छैन,’ उनले भने, ‘त्यसैले आयात बढेको हुन सक्छ ।’ रकम धेरै ठूलो देखिए पनि परिमाणमा धेरै ठूलो नभएको उनले दाबी गरे । उनले खाद्य संस्थानले वितरण गर्ने चामल वैकल्पिक रूपमा प्रयोग भएको आशंका रहेको बताए ।

तथ्यांकअनुसार तरकारी, दाल, गहुँ, मकै, सोयाबिन तेलको आयात पनि उल्लेख्य रूपमा बढेको छ । तरकारीको आयात १६।२ प्रतिशतले बढेर ६ अर्ब ९८ करोड, फलफूलको आयात ३९.८ प्रतिशतले बढेर ५ अर्ब ७१ करोड रुपैयाँको आयात भएको छ । तरकारी मुख्यत ः भारतबाट र फलफूल चीनबाट आयात हुन्छ । आयात हुने अधिकांश तरकारी कालीमाटी तथा फलफूल बजारमा भित्रिन्छ । भारतले कृषिजन्य वस्तुमा पर्याप्त मात्रामा अनुदान दिन्छ । जसले गर्दा त्यहाँको उत्पादन सस्तो हुन्छ । सस्तो हुँदा तरकारीको आयात बढेको व्यवसायीहरू बताउँछन् ।

तरकारी, फलफूलबाहेक सोयाबिनको तेल ५ अर्ब ५३ करोड, मकै ५ अर्ब १९ करोड रुपैयाँको आयात भएको छ । ब्राजिल, अर्जेन्टिनालगायतबाट आयात भएको मकै कुखुराको दानामा प्रयोग हुन्छ । ‘मासुमा आत्मनिर्भरता बढेको छ । त्यसको लागि मकै आयात हुन्छ । आयातित मकै दानामा प्रयोग हुन्छ,’ प्रवक्ता सुवेदीले भने ।
दाल ४ अर्ब ९९ करोड र गहुँ २ अर्ब ३९ करोड रुपैयाँको आयातमै निर्भर हुनपर्ने बाध्यता रहेको तथ्यांकले देखाउँछ । केन्द्रका कार्यकारी निर्देशक शरद राणाले पनि चामल, मकैलगायत वस्तुहरू वैकल्पिक बाटो ९मदिरामा० गएको हुन सक्ने बताए । ‘उत्पादनमा समस्या छैन । बढ्दो छ,’ उनले भने, ‘आयात पनि सोहीअनुसार बढेको देखिन्छ ।’

आयात प्रतिस्थापनका लागि उत्पादनमै जोड दिनुपर्ने बताए । केन्द्रले वस्तुका लागि बजार देखाइदिने उनले बताए । वस्तु प्रवद्र्धनका लागि प्रोडक्ट प्रोफाइल तयार गरिरहेको उनले बताए ।

अर्थविद् आचार्यले मन्त्रालयले अन्न बाली उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरे पनि पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको बताए । ‘प्रधानमन्त्री कृषि परियोजनालगायत विभिन्न कार्यक्रमको घोषणा गरेको देखिन्छ,’ उनले भने, ‘प्रतिफल छैन । परियोजनाहरू पूर्ण रूपमा कार्यान्वयन भएका छैनन् ।’

करिब वर्षअघि ब्याज अनुदान सुरु गरे पनि त्यसको गलत प्रयोग भएको उनले बताए । प्रवक्ता सुवेदीले उत्पादन बढाउन सिँचाइ, बीउ र मलमा जोड दिएको दाबी गरे । ‘चैते धान बढी उत्पादन हुन्छ । त्यसको क्षेत्र विस्तार गर्ने, साना सिँचाइ, सोलारको व्यवस्था गर्दै आएका छौं,’ उनले भने ।

कान्तिपुर



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved