सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरी बढी प्रभावित

  • प्रकाशित मितिः पुष, 22, 2075
  • पहिलोकिताव संवादताता

एजेन्सी / सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ । आफ्ना साथीहरुसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरुका लागि सहयोग माध्यम हो । तर यसले उनीहरुलाई नकारात्मक प्रभाव पनि पारेको पाइएको छ ।लण्डन विश्वविद्यालयका विद्यार्थीहरुले गरेको सो अध्ययन “इक्लिनिकल मेडिसिन” नामक जर्नलमा प्रकाशित भएको छ । अध्ययनका अनुसार झण्डै १४ बर्षको उमेरका किशोरीहरुलाई सामाजिक सञ्जालको प्रयोगले बढी मानसिक तनाब बढाउने गरेको छ ।

प्रति दिन झण्डै पाँच घण्टा सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरीहरुको शैक्षिक गुणस्तरमा ५० प्रतिशत ह्रास आएको पाइएको छ भने, किशोरहरुको शैक्षिक गुणस्तरमा ३५ प्रतिशत ह्रास आएको छ ।तुलनात्मक रुपमा दैनिक एक देखि तीन घण्टा सामाजिक सञ्जाल प्रयोग गर्नेहरुको पढाइमा भने सुधार आएको पाइएको अध्ययनले देखाएको छ । “हामीले एउटा खतरनाक तथ्य फेला पा¥र्यौ, सुरुमा त पत्याउन पनि गाह्रो भयो, त्यो यही थियो की, सामाजिक सञ्जालको प्रयोगले छोराहरुलाई भन्दा छोरीहरुलाई बढी असर गरेको पाइयो,” अध्ययनका प्रमुख लेखक एभन केल्लीले भने ।

यस अध्ययनले सामाजिक सञ्जालको प्रयोग र मानसिक तनावको सम्वन्धलाई पनि देखाएको छ । सामाजिक सञ्जालको गर्नेहरुमा मानसिक तनावको संकेत बढी देखिएको अध्ययनले पुष्टि गरेको छ ।सामाजिक सञ्जाल प्रयोग गर्नेहरु धेरै तनावपूर्ण, अशान्त र एक्लोपन अनुभव गर्ने गरेको पाइएको छ । अध्ययनले अन्य पक्ष पनि देखाएको छ । सामाजिक सञ्जालको प्रयोग गर्नेहरु कम सुत्ने, इन्टरनेटमार्फत् हुने दुव्र्यवहारमा पर्ने लगायतका समस्या पनि देखिने गरेको अध्ययनकर्ताहरुले बताएका छन् । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved