आफ्नो प्रेम सम्बन्धमा यसो भन्छिन् स्वेता

  • प्रकाशित मितिः पुष, 20, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौँ / नेपाली सिनेमा क्षेत्रमा नायिका स्वेता खड्का चलचित्र ‘कान्छी’मा काम गरेपछि अहिले सिन्धुपाल्चोकमा आफ्नो सपनाको बस्ती निर्माणमा व्यस्त छिन् । उनले सिनमा क्षेत्रमा काम गर्दा होस या नगर्दा उनी चर्चामा रहने गरछिन् ।

अहिले उनको प्रेम सम्बन्धको बारेमा चर्चा चलिरहेको छ । हुनत, चलचित्र क्षेत्रमा यस्ता हल्ला चल्नु स्वभाविक नै हो । तर, स्वेता खड्का यो कुरा मान्न तयार छैनन् । उनी भन्छिन्–‘मलाई त प्रेम र विवाह फेक कमिटमेन्ट जस्तो लाग्छ ।

यसमा धेरै नबोलौ होला ।’ स्वेताले प्रेम र बिहेलाई झुटो आश्वासनको संज्ञा दिएकी छिन् । उनले, बिहेको बिषयमा पनि अहिलेसम्म केही पनि नसोचेको स्पष्ट पारेकी छिन् ।

स्वेताले भनेकी छिन्–‘म खुशी छु । आफ्नै किसिमले जीवन चलाइरहेको छु । विगतमा कसैसँग सहकार्य गर्ने संझौता त भएको थियो । तर मैले एउटी श्रीमतीका रुपमा, बुहारीका रुपमा जीवनको अनुभव नै गर्न पाइनँ । म हिजो पनि सिंगल थिएँ, आज पनि सिंगल नै छु । कस्तो हुन्छ जोडीको जीवन, अनुभव गर्न पाएकी छैन । यो बिषयमा अहिलेसम्म सोचेकी छैन ।’

स्वेताले बिहेको बिषयमा आफूले नसोचेको र सिंगल जीवनमा नै खुशी रहेको स्पष्ट पारेकी छिन् । ‘



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved