चन्द्रमामा यसरी अवतरण भयो चिनको अन्तरिक्षयान (भिडियोसहित )

  • प्रकाशित मितिः पुष, 19, 2075
  • पहिलो किताब संवाददाता

चीन / यसअधि अध्ययन नभएको चन्द्रमाको एक क्षेत्रमा चिनले आफ्नो अन्तरिक्षयान अवतरण गराएको छ । स्थानीय समयानुसार दश बजेर २६ मिनेट जाँदा उक्त मानवरहित चाँग इ–४ नामक यान चन्द्रमाको दक्षिणी ध्रुव–एटकेन बेसिनमा अवतरण गरेको हो ।

उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ। चिनियाँ सञ्चार माध्यमले उक्त अवतरणलाई ‘अन्तरिक्ष यात्राको एक महत्त्वपूर्ण कोशेढुङ्गो’ भनेको छ।

चन्द्रमामा विगतमा गरिएका यात्रा पृथ्वीतर्फ फर्किएको क्षेत्रमा गरिएका थिए भने यसपटक पहिले अध्ययन नगरिएको क्षेत्रमा सो यान पुगेको छ।

केही दिन अगाडि नै उक्त यान सो क्षेत्रको नजिक पुगेपनि चन्द्रमाको नजिकको भाग ९देब्रे० र टाढाको भाग ९दाहिने० बीच धेरै अन्तर भएकाले समय लागेको हो । गत साता चिनियाँ सञ्चार माध्यमहरुले यान चन्द्रमाको सतहको १५ किलोमिटर टाढा रहेको बताएका थिए ।

चन्द्रमाको उक्त क्षेत्रमा जाने लक्ष्य राखेकै कारण सो अभियान विगतका अभियानभन्दा बढी जोखिमपूर्ण तथा जटिल मानिएको थियो। सन् २०१३ मा चाँग इ–३ नामक यानले चन्द्रमाको सजिलो क्षेत्रमा अवतरण गरेको थियो। अब चीनले त्यहाँबाट चन्द्रमाका चट्टान तथा धूलोका नमूनाहरू पृथ्वीमा ल्याउनेछ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved