‘हाम्रो नेपाली किबोर्ड’ले ल्यायो यस्ता नेपाली स्टिकर

  • प्रकाशित मितिः पुष, 18, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / नेपाली स्टिकरहरु सहित 'हाम्रो नेपाली किबोर्ड'ले नयाँ संस्करण सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ बर्ष तथा नेपाली राष्ट्रिय टोपी दिवसको अवसर पारेर नेपालमै पहिलो पटक नेपाली स्टिकरसहितको किबोर्ड सार्वजनिक गरिएको हो ।

नेपाली लेखाइ तथा झन्डा सहितका स्टिकर फेसबुक, भाइबर, ट्विटर, इमो आदी जुनसुकै सामाजिक सञ्जालमा प्रयोग गर्न सकिने छ ।

किबोर्डमा नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी ८ किसिमका स्टिकरहरु समावेस गरिएको छ। हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ।

‘हाम्रो नेपाली किबोर्ड’को यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ। यसका लागि सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ। ‘डार्क’ तथा ‘लाइट’ गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छन्।

यसका अलावा नयाँ संस्करणमा प्रयोगकर्ताका फरक–फरक व्यवहारलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थप गरिएको छ।

उक्त नयाँ संस्करणको हाम्रो नेपाली किबार्ड आफ्नो मोबाइलमा राख्नका लागी प्ले स्टोरमा गई डाउनलोड गर्न सकिनेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved