पिँजडामा टाउको लगाए चुरोट छोड्न, चाबी भने श्रीमतीसँग

  • प्रकाशित मितिः पुष, 9, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / ४२ वर्षका टिर्किस नागरिक इब्राहिम युसलको टाउको मात्र पिंजडामा थुनिएको छ । खाना खाने बेला मात्र पिजँडा खोल्ने गरिएको छ । अचम्मको विषय त, उनीसँग त्यो पिजँडाको साँचो पनि छैन । उक्त साँचो उनकी श्रीमतीले राखेकी छन् ।

इब्राहिम युसल धुम्रपानका अम्मली हुन् । यही बानी छुटाउनको लागि उनले आफ्नो शिरमा पिजँडाले घेरेका हुन् । उनले धेरे प्रयास गर्दा पनि छोड्न नसके पछि शिरमा पिजँडा ढाकेर राखेका हुन् । उनलाई आफ्नो आत्मशक्तीमा विश्वास नलागेपछि यस प्रकारको कदम लिन बाध्य भएका हुन् ।

सुरूमा, उनको परिवारलाई यस उपायले पनि उनी चुरोट सेवनबाट पार लाग्न नसक्नेमा शंका लागेको ‘रिपब्लिक वोल्र्ड’ लाई बताएका थिए । युसलमा यस लतमा निकै सुधार आएको पनि‘रिपब्लिक वोर्ल्ड’ उल्लेख गरेको छ ।

युसल १६ वर्षको उमेरदेखि दिनमा दुई प्याकेट चुरोट सेवन गर्न सक्ने भएका थिए । युसलका पिताको फोक्सो क्यान्सरबाट निधन भए पछि भने उनले छोड्ने निणर्य गरेका थिए ।

कसरी आयो यस्तो उपाय

उनलाई यस उपायका लागि प्रेरणा भने मोटरबाइकमा हेलमेटको प्रयोगको लागि संचालन हुन लागेको हेल्थ क्याम्पेनबाट यस्तो उपाय आएको बताए । चुृरोट आफ्नो मुखसम्म नपुगोस् भनि उनले आफ्नो टाउकोलाई घेरेका हुन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved