कस्तो अचम्म एक बोतल पानीको मुल्य १ करोड

  • प्रकाशित मितिः पुष, 8, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / सामान्यतया हामी पानी किनेर खाइरहदा कति मूल्य तिर्ने गदछौँ ? २०, २५ वा धेरै भए ३० यो कुरा हामीलाई सामान्य लाग्ने गर्दछ ।

हामीले उपभोग गर्ने गरेको पानीको मूल्य सुन्दा हामीलाई कुनै आश्चर्य लाग्दैन । तर अमेरिकाको एक कम्पनीद्धारा उत्पादित पानीको मूल्य एक करोड पर्छ भन्दा हामीलाई अचम्म लाग्दछ । कतिलाई त पत्याउन समेत गाहे पर्न सक्छ तर यो सत्य हो ।

पानीको मूल्य एक करोड भनिँरहँदा कतिलाई लाग्न सक्ला यो पानी हो कि अमृत हो । वास्तवमा यो पानीको बोतल किनिरहँदा क्रेतालाई मैले पानी किनिरहेको छु भन्ने भान नै हुँदैन । सायद मैले कैयन् वर्ष पूरानो कुनै बहुमूल्य पदार्थ वा अमृत किनिरहेको छु भन्ने लाग्ला ।

करोड मूल्य पर्ने यो पानीको बोतल पाउन त्यती सजिलो पनि छैन । पहिले कम्पनीसँग अर्डर गर्नुपर्दछ, उत्पादनका लागि । त्यसपछि कम्पनीले उक्त पानी उत्पादन गरेर सिधै अमेरिकाको बेवर्ली हिल्सबाट उपभोक्तासम्म पुर्याउँदछ ।

यो पानी मानिसहरुले पिउनका लागी नभय लक्जरी कलेक्सनका लागी खरिद गर्ने गरेका छन् ।

‘बेवर्ली हिल्स्–९०एच२०’ नाम राखिएको यस पानीको मुल्य बोतलका कारण महँगो भएको हो । यस पानीको बोत्तलमा १४ क्यारेट्सको ६०० ओटा हिरा तथा २५० ओटा ब्ल्याक डाइमन्डलाई कालिगढले आकर्षक ढंगले ‘डिजाइन’ गरेकोले नै यस पानीलाई महँगो परेको हो । त्यस्तै, पानीको बोतलको बिर्को २४ क्यारेट्सको सुनले बनेको छ भने बोतललाई चारओटा क्रिस्टलको बालाले घेरेको छ ।

कम्पनीको मूख्यालय क्यालिफोर्नियास्थित बेवर्ली हिल्समा छ । कम्पनीले अग्लो झरनाबाट पानी संकलन गर्दछ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved