आफ्नी सौतेनी आमासँग बिहे गरे ,बाबु जन्ती गए !

  • प्रकाशित मितिः पुष, 6, 2075
  • पहिलोकिताव संवादताता

एजेन्सी / संसारमा अचम्म अचम्मका घटना घटिरहन्छन् । लामो समयसम्म चलेको कानूनी विवादपछि फ्रान्समा एक जना व्यक्तिले आफ्नी सौतेनी आमासँग बिहे गरेका छन् ।

फ्रान्सको मेट्ज शहरको उत्तरी गाउँ डाबोमा ४५ वर्षीय एरिक होल्डरले आफ्नी ४८ वर्षीया सौतेनी आमा एलिजाबेथ लरेंत्ससँग विवाह गरेका हुन् । बिहेमा एरिकका बाबु भने जन्ती बनेका थिए ।

बिहेमा दर्जनौँ पाहुना निम्त्याइएका थिए र जन्त जानेमध्येमा दुलहीका पूर्वपति अर्थात् दुलाहाका बाबुसमेत सहभागी थिए ।फ्रान्सको कानुनले सौतेली बच्चा र सौतेली आमाबाबुकासाथ कुनै पनि प्रकारको सम्बन्ध वा विवाह गर्ने इजाजत दिँदैन । तर, एउटा अदालतले यो जोडीको पक्षमा फैसला दिएको छ । यस जोडीका बारेमा फ्रान्सका तत्कालीन राष्ट्रपति फ्राँसुवा ओलन्दको कार्यालयले समेत चासो प्रकट गरेको थियो ।

स्थानीय अदालतले बिहेको पक्षमा निर्णय सुनाएपछि दुलही लरेत्जले भनिन्, ‘यो हाम्रालागि सबैभन्दा महत्वपूर्ण दिन हो ।’  एएफपी समचार एजेन्सीसँग कुरा गर्दै उनले भनिन्, ‘मजस्तै अवस्थाबाट गुज्रिने कयौँ जोडीका लागि यो निर्णयले राहत दिनेछ । मलाई थाहा छ, मजस्तै अवस्था भोग्ने यहाँ कयौँ छन् ।’ उनका पूर्वपति तथा हालका ससुराले यो कानुनी लडाइँमा सधैँ साथ दिएको समेत जानकारी गराएकी छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved