निर्मला बलात्कार प्रकरण : सीआईबी द्धारा शंकास्पद ४ व्यक्ति पक्राउ , हाल सम्म २४ जनाको डिएनए परिक्षण

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न सीआईबी अधिकारी करिब ९५ दिन लामो अनुशन्धान सकेर बिहीबार साँझ काठमाण्डौ फर्केपछि हत्यामा संलग्न निकट प्रहरी पुगेको अनुमान गर्न थालिएको छ ।

कञ्चनपुरमा बसेर अनुशन्धान गरीरहेका सीआईबीका डिएसपी कमल थापा सहितका सीआईबी अधिकारी कञ्चनपुरवाट थप तिन जनालाई काठमाण्डौ लिएर फर्केपछि अनुशन्धान सफलता नजिक पुगेको अनुमान गर्न थालिएको हो ।

सीआईबीको करिव ९५ दिन लामो अनुशन्धान पछि पछिल्लो पटक पक्राउ गरीएका ४ जना नै हत्यामा संलग्न रहेको आशंका गर्न थालिएको छ । काठमाण्डौवाट पक्राउ परेका रावलले दिएको बयानका आधारमा कञ्चनपुरबाट थप तिन जनालाई पक्राउ गरी सीआईबीका अधिकारी बिहीबार काठमाण्डौ फर्केपछि हत्यामा संलग्न नजिक प्रहरी पुगेको अनुमान गर्न थालिएको हो ।

केहि दिन अघि कञ्चनपुरवाट घटना भए लगत्तै फरार रहेका प्रदीप रावललाई सीआईबीले काठमाण्डौबाट पक्राउ गरेपछि उनैको बयानका आधारमा कञ्चनपुरमा बसेर हत्याको विषयमा अनुशन्धान गरीरहेको सीआईबीको टिमले थप तिन लाई पक्राउ गरी काठमाण्डौ लगेको हो ।

हत्याको अनुशन्धानमा संलग्न सीआईबीका एक अधिकारीका अनुशार काठमाण्डौबाट पक्राउ परेका रावल निर्मलाको शव फेला परेपछि भारत तर्फ गएका थिए । लामो अनुशन्धान र कोशिस पछि रावललाई पक्राउ गर्न सफल भएको सीआईबीका ति अधिकारीले जानकारी गराएका छन् ।

सो घटनाका विषयमा छानविन गर्न पहिलो पटक गएको सीआईबीका डीएसपी अंगुर जिसीको टोलीले समेत रावललाई पक्राउ गरेर घटनामा संलग्नता नदेखिएको भन्दै बयान लगत्तै छाडेको थियो । उनी त्यसपछि भारत तर्फ भागेका थिए । डिएसपी जिसीलाई सरकारले अनुशन्धानमा त्र्टि गरेको भन्दै निलम्बन गरेको थियो ।

जिसी नेतृत्वको टिम कारबाहीमा परे लगत्तै सीआईबीकै अर्का डिएसपी कमल थापा सहितको टिम सो विषयमा छानविनका लागि कञ्चनपुर गएको थियो । डिएसपी थापा नेतृत्वको सीआईबी टिमले कञ्चनपुरमा नै बसेर ९५ दिन लामो अनुशन्धान गरेको थियो । सोहि अनुशन्धानले रावललाई शंकास्पद मान्दै पक्राउ गरेको बुझिएको छ ।

रावल पक्राउ परे लगत्तै उनले बयानका क्रममा निर्मलाको बलात्कार अनि हत्या स्विकारेको बयान दिएपछि थप तिन जनालाई पक्राउ गरी सीआईबीको टिम काठमाण्डौ फर्केको बुझिएको छ ।

अनुशन्धानमा संलग्न सीआईबीका अधिकारीले भने पछिल्लो समय पक्राउ परेका रावल सहित चार जनाका विषयमा भने कुनै कुरा पनि औपचारीक रुपमा बताएका छैनन् ।

पटक–पटक अनुशन्धानका क्रममा पक्राउ परेकाले दिएको बयान र डिएनए रिपोर्ट फरक पर्न थालेपछि सिआईबी अधिकारीले यो विषयलाई गोप्य राखेर अनुशन्धान गरिरहेको सीआईबीका एक अधिकारीले पहिलो किताब डट कम लाई बताएका छन् ।

सीआईबीका एक अधिकारीले निर्मलाको शव भेटिएको स्थान नजिकका क्षेत्रमा लागु औषध सेवनकर्ताले प्रयोग गर्ने सिरिन्ज सहितका सामाग्री भेटिएको र पछिल्लो पटक पक्राउ परेकाहरु हत्या भएको स्थानमा नै लागुऔषध सेवन गर्ने रहेकाले पक्राउ गरीएको जानकारी गराएका छन् ।

निर्मलाको बलात्कार पछि भएको हत्याको अनुशन्धानमा संलग्न सीआईबीका ति अधिकारीले भने पक्राउ अनि बयानको क्रम भरखरै सुरु भएकाले अनुमानका भरमा अनि बयानमा मात्रै विश्वास गरेर अनुशन्धानलाई निष्कर्ष मान्न गल्ती हुन सक्ने बताएका छन् ।

सीआईबीको लामो अनुशन्धानमा कञ्चनपुरमै बसेर अनुशन्धानमा संलग्न बनेका एक अधिकारीले निर्मलाको हत्यामा संलग्नको खोजी गर्ने क्रममा हालसम्म २४ जनाको डिएनए परिक्षण गर्ने काम भएको जानकारी समेत गराएका छन् ।

यसअघि २० जनालाई नियन्त्रणमा लिएर अनुशन्धान अनि डिएनए परिक्षण गर्ने काम भईसकेको अनि पछिल्लो पटक पक्राउ परेका ४ जनाको डिएनए परिक्षणका लागि नमुुना संकलन गरी परिक्षणका लागि पठाईएको समेत सीआईबीका एक अधिकारीले पहिलो किताब डट कम लाई जानकारी गराएका छन् ।

निर्मलाको हत्या पछि अनुशन्धानमा त्रुटि भएको निष्कर्ष निकाल्दै तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्ट लगायतका प्रहरी बर्खास्तीमा परेका थिए भने सिआईबीका डिएसपी अंगुर जोशी सहित निलम्बनमा परेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved