पुर्व मन्त्री एवं उध्योगी रुप ज्योती पक्राउ गर्न आदेश

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं/ ठगिको अभियोगमा शाही कालका पुर्व मन्त्री एवं उध्योगी रुप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । ठगिको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले चलाएको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

नेपालकै ठुलो औधोगीक समूह मानिएको ज्योति समुहका अध्यक्ष समेत रहेका रुप ज्योती माथि काठमाण्डौको बाँसबारीमा ल्याण्डमार्क डेभलपर्स कम्पनीका नाममा सर्वसाधारणलाई ठगि गरेको अभियोगमा प्रहरीले मुद्दा चलाएको छ ।

शाही शासन कालमा पुर्व राजा ज्ञानेन्द्र शाहको मन्त्रिमण्डलमा अर्थमन्त्री समेत बनेका उध्योगी ज्योतिमाथि पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनको खोजी थालेको बताईएको छ ।

हाउजिङ निर्माण गर्ने भन्दै सर्वसाधारण व्यक्तिबाट पैसा लिएर जग्गा समेत फिर्ता नगरेको भन्दै उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । उध्योगी रुप ज्योतिमाथि काठमाडौं –२६ का विज्ञेन्द्रकृष्ण मल्लले २ करोड ७० लाख ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved