इटहरी / सुन तस्करीमा संलग्न गोरे गिरोह र सुन तस्करीमा संलग्न रहेको अभियोगमा निलम्बनमा परेका तत्कालीन समयमा अपराध महाशाखाका सई रहेका बालकृष्ण संजेल साधारण तारेखमा रिहा भएका छन् ।
गोरे गिरोहले विमानस्थल हुँदै भित्राएको भनिएको ३३ किलो सुन तस्करी र तस्करीमा भरियाको काम गर्दै आएका उर्लावारीका सनम शाक्यको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका सञ्जेल साधारण तारेखमा रिहा भएका हुन् ।
तस्करी र हत्याका विषयमा अनुशन्धान गर्न बनेको सरकारी समितिको अभियोगका आधारमा पक्राउ परेका संजेल जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षका क्रममा जेल चलान भएका थिए ।
तर जिल्ला अदालतको आदेश उल्टाउँदै उच्च अदालत विराटनगरले बिहीबार संजेललाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । डिएसपी प्रजित केसी र सई संजेल सहितको अपराध महाशाखाको टोलीको तस्करी र हत्या प्रकरणमा संलग्नता देखिएको भन्दै गृह मन्त्रालयले बनाएको छानविन टोलीले उनीहरुलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका सञ्जेललाई उच्च अदालतका न्यायधीश थीरबहादुर कार्की र जनक पाण्डेको इजलासले छाड्न आदेश दिएका हुन् ।
साधारण तारेखमा राखेर सञ्जेलको मुद्दाबारे अनुसन्धान भइरहने उच्च अदालतले जनाएको छ ।
सुन तस्कर प्रकरणमा प्रहरी प्रधान कार्यालयले एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई गत वैशाखमा निलम्बन गरेको थियो ।
मृतक सनम शाक्य सहित सुन तस्करीमा संलग्न मानिएका लाई धरानमा भेटेर पनि इटहरी ल्याएर एक दिन बसेको अनि भोली पल्ट मात्रै विराटनगरमा तस्करीमा संलग्नको गाडी र शव बरामद भएको भनेर झुटो प्रचार गरेको अभियोगका आधारमा सई संजेल र डिएसपी प्रजित केसी माथि कारवाही भएको थियो ।
बेलायत / लिम्बुवान नागरिक समाज, यूकेले आफ्नो स्थ... ... ...
विराटनगर / मोरङको विराटनगर महानगरपालिका–१५ बाट ... ... ...
झापा / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको मे... ... ...
विराटनगर / उद्योगी र व्यवसायीले उठाउँदै आएको विद्... ... ...
काठमाडौँ / कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार र... ... ...
Copyright © 2017 - Pahilokitaab.com All rights reserved