स्क्रब टाइफसबाट पथरीमा एकको मृत्यु , थप एक बिमारी भेटिए

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • पहिलो किताब संवाददाता

उर्लावारी / मोरङको पथरीेमा ‘स्क्रप टाइफस’ को संक्रमणबाट बिरामी भएका एक जनाको मृत्यु भएको छ भने थप दुई जनामा संक्रमण भेटिएको छ । काठमाण्डौमा उपचाररत पथरी–३ का ४१ वर्षीय राम प्रसाद पोखरेलको मंगलवार मृत्यु भएको हो । ‘टिक’ नामक किराको सङ्क्रमणबाट हुने ‘स्क्रप टाइफस’ का कारण उनको मृत्यु भएको मृतकका आफन्तले जानकारी गराएका छन् ।

काठमाण्डौको ग्राण्डी अस्पतालमा १४ दिन र शिक्षण अस्पतालमा एक महिना उपचारका लागि राखिएको थियो । उपचारमै रहेका बेला उनको मृत्यु भएको आफन्तले जानकारी गराएका छन् ।

पथरी आसपासको क्षेत्रमा गत वर्षवाट डेंगुका बिरामी फेला पर्न थालेका थिए । यस पटक पथरी – १० का ६० वर्षीय ज्ञानबहादुर दहालमा डेंगु को संक्रमण देखिएको छ ।

उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पारीवारीक स्रोतले जानकारी गराएको छ । गत वर्ष पथरीमा २ जनालाई डेंगु र २ जनामा औलो देखा परेको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved