शहरमा बसेर गाउँका कृषक ठग्दै कर्णाली एग्रिकल्चर डेभलपमेण्ट

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • नवराज कट्टेल

विराटनगर / प्रदेश १ मा कृषि तथा ऊर्जाको नाममा ठगी गर्ने गिरोह सक्रिय भएको छ । शहरमा कार्यालय राखेर ग्रामिण वस्तीबाट कृषि अनुदान र सुविधाको नाममा रकम संलकन गर्ने र संकलन भएको रकम लिएर भाग्ने गिरोह जताततै सक्रिय भएको हो ।

पश्चिम सुर्खेतमा मुख्य कार्यालय, सुनसरीको धरान बगरटोलमा क्षेत्रीय कार्यालय र मोरङका लागि विराटनगरमा शाखा कार्यालय खोलेको कर्णाली एग्रिकल्चर डेभलपमेन्टले गाँउभरीका सर्वसाधारणको रकम लिएर भागेको खुलेको छ ।

मोरङको १७ स्थानीय तहमध्ये १४ वटा स्थानीय तहमा कर्मचारि खटाएको कर्णालीले कर्मचारी कृषकबाट संकलन गरेको रकम लिएर भागेको आशंका गरिएको छ । स्थानीय तहमा काम गर्नका लागि स्थानीय व्यक्तिहरुलाई नै नियुक्ति दिएर गत भदौदेखि रकम उठाउँन थालिएको थियो ।

कर्मचारीको रुपमा नियुक्ति पाएका उनीहरुले गाउँका कृषकबाट संकलन गरेको रकम बुझेको शाखा कार्यालय विराटनगर भने अहिले बन्द अवस्थामा छ । कार्यालय बन्द गरेर शाखाका प्रमुख रंगप्रसाद देवकोटा सम्पर्कविहीन भएको रंगेलीका सिद्धार्थ खतिवडाले गुनासो गरे ।

कर्णाली एग्रिकल्चर डेभलपमेण्टले प्रदेश १ मा क्षेत्रीय प्रवन्धकको रुपमा एंकम शर्मा वली रहेका थिए । उनले सुनसरीको धरानमा कार्यालय राखेर जिल्लाभर रकम संकलन गर्दै आएको खतिवडाले बताएका छन् । मोरङमा १४ स्थानीय तहमा खटाएका कर्मचारीहरुले संस्थाले कृषकलाई दिने भनेको सुविधा सुनाएर रकम संकलन गरेका थिए ।

समूह बनाउने र उनीहरुबाट पाँचसय रुपिँया पहिलो चरणमा रकम संकलन गर्ने काम गरेर बुझाएपछि विराटनगरको कार्यालय भने बन्द रहेको छ । मोरङ ग्रामथान गाउँपालिका–७ निवासी बन्दना चौधरीका अनुसार गाउँभरीका छिमेकीसँग रकम उठाएर बुझाएपछि कार्यालय प्रमुखहरु सम्पर्कविहीन भएका हुन् । अखिवडा, चौधरी जस्तै कटहरी गाउँपालिकाका लागि गेहन्द्र राय खटिएका थिए ।

तर, कर्मचारीको रुपमा नियुक्ति दिएको उनीहरुको तलव भने कर्णालीले अहिलेसम्म दिएको छैन । गत भदौमा कर्मचारी नियुक्ति गरेपछि गाउँमा खटिनेहरुले कृषकसँग रकम उठाएर कार्यालयमा बुझाई सकेका थिए ।
कृषिमा अनुदान, बिऊबिजन निःशुल्क र पशुपालनमा ५० प्रतिशत अनुदान दिने उद्देश्य राखेर संस्था दर्ता भएको उनीहरुले आवश्वासन दिएर कर्मचारीलाई गाउँमा पठाएका थिए ।

विराटनगर–४ स्थित मिना भट्टराईको घरमा कार्यालय राखेको कर्णालीका जिल्ला प्रमुखले बोर्ड समेत भित्र राखेर कार्यालय बन्द गरेर हिंडेपछि मात्रै कर्मचारीको रुपमा खटिएकाहरुले थाहा पाएका हुन् । पीडित बनेका कर्मचारीले आफूलाई अन्याय भएको भन्दै श्रम कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गुनासो गरेपछि ठगी गर्ने धन्दावालाहरुको खोजि सुरु गरिएको छ ।

पीडित कर्मचारीहरुले जिल्ला प्रहरी कार्यालयमा संस्थाका अध्यक्ष लालमणि देवकोटासहित संलग्नहरुलाई नियन्त्रणमा लिएर रकम फिर्ता गरिदिन भन्दै उजुरी दिएका हुन् । यता कर्णाली एग्रिकल्चर डेभ्लपमेन्टका अध्यक्ष देवकोटाले आफू बाहिर रहेकोले तत्काल व्यवहार मिलाउने दावी गरेका छन् ।

मोरङमा यस अगाडी नक्कली हाईड्रोपावर कम्पनि दर्ता गरेर विभिन्न व्यक्तिहरुबाट रकम संकलन गरेको आरोपमा गुणराज ओझालाई नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा राखिएको छ ।

एकवर्ष अगाडी मोरङ र सुनसरीमा इन्भेष्टमेन्ट कम्पनिका नाममा गैरकानुनी रकम संकलन गर्ने १२ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको थियो ।

इन्भेष्टमेन्ट कम्पनिको कारोबार बन्द भएपछि नयाँ तरिकाका कार्यालय खोलेर ठग्नेहरु गाउँ छिर्न थालेका हुन् । विराटनगरबाटै गण्डकी कृषि परियोजनाले समेत सर्वसाधारणबाट रकम असुल गरेर भागेको आरोप छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved