रदु नाछिरिङको सातौ राष्टिय महाधिवेशन सम्पन्न, आफू राई जाति नभएको दाबी

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • पहिलो किताब संवाददाता

धरान / रदु नाछिरिङहरुको समुदायले आफु राई जाती नभई किरात समुदाय भित्रको छुट्टै जाति भएको बताएका छन् ।

शनिबार धरानमा आयोजित जातिय सँस्था रदु नाछिरिङको साखाम केन्द्रको सातौ राष्टिय महाधिवेशनमा उक्त कुरा उद्घोष गरेका थिए । यसअघि रदु नाछिरिङलाई राई जातीको एउटा थरको रुपमा लाइदै आएको थियो ।

राई जाति मानिदै आएको समुहका थरहरुको भने पहिले देखी नै छुट्टा छुट्टै भाषा प्रचलनमा रहँदै आएको छ । राई जातिकै थर भएतापनि आफ्नो भाषा, सँस्कार छुट्टै भएकाले रदु नाछिरिङ समुदायले उनिहरु छुट्टै आदिबासी जाति भएको बताउदै आएका छन् ।

नेपालको जनगणना २०६८ को तथ्याँक अनुसार नेपालमा जातिगत आधारमा ७ हजार एक १५४ समुह छन् । भाषागत आधारमा यो सख्या १० हजार ४१ समुह रहेको तथ्याँकमा उल्लेख छ ।

जनगणनाको तथ्यांकलाई उनीहरुको समुदायले यथार्थ नभएको दाबी गर्दै आएको छ । रदु नाछिरिङसमुदायको संख्या सखामले नेपाली अदिबासी किरात रदु नाछिरिङ जातिको आधिकारिक तथ्यांक सार्वजनिक गर्ने बताएको छ ।

महाधिवेशनको उद्घाटन ढोल झ्याम्टा सहित प्रदेश सांसद राजकुमार राईले गरेका थिए । कार्यक्रममा बोल्दै राईले आदिवासी जनजातीको पुन जागरण अभियान सुरु भएको अवस्था रहेको भन्दै ओझेलमा परेको नाछिरिङ समुदायको भाषा संरक्षण गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा त्रिवीका सह प्राध्यापक भाषविद् डा तारामणि राई, मनोज नाछिरिङ लगायतको उपस्थिति रहेको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved