लोहन्द्रा खोलामा अवैध उत्खनन् : कारवाहीको सट्टा ढाकछोप

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • पहिलो किताब संवाददाता

मोरङ / मोरङको केराबारी ९ स्थित लोहन्द्रा खोलामा अवैध उत्खनन् गरिएको छ । मापदण्ड विपरित उत्खनन् गरिएको पाएपछि कारवाही गर्नुको सट्टा दोषी बचाउन जिल्ला समन्वय समिति मोरङ्गका संयोजक नरेश पोख्रेल नेतृत्वको टोलीले पुर्न लगाएको हो ।

सम्बन्धित सरोकारवाला निकायको सहमति नै नलिइ मौखिक सहमतिका आधारमा खोलाको उत्खनन् कार्य थालिएको थियो ।

तीनदिन अघि उक्त क्षेत्रमा जिल्ला स्तरीय अनुगमन समितिको अनुगमन पश्चात तत्कालका लागी उत्खनन् कार्य रोकिएको छ । अवैध कार्य गरिरहेका ठेकेदारलाई कारवाहीको सट्टा संयोजक पोख्रेलले धेरै खनिएको ठाउँमा पुर्ने सल्लाह दिएपछि बुधबार स्काभेटरले पुरेको थियो ।

स्थानीयबासी कै विरोधमा अनुगमन टोली सो स्थानमा पुगेको थियो । पोख्रेलको निर्देशनमा बढी खनिएको ठाउँमा पुरिरहेको स्काभेटर स्थानियवासीले फोटो खिच्न थालेपछि भागेको स्थानियले बताएका छन् ।

मापदण्ड मिचेका ठेकेदारलाई कारवाहीको सट्टा किन पुर्ने सल्लाह दिइयो भन्ने प्रश्नमा संयोजक पोख्रेलले एक पटकलाई सुघ्रिने मौका दिएको बताएका छन् ।

यसैबीच स्थानीयले अनुगमन समितिका संयोजक पोख्रेल माथी अनुगमन नगर्ने आरोप लगाएका छन् । उनीहरुले पोख्रेल खोला व्यवसायी कै हितमा बोल्ने र आफुहरुको कुरा नसुन्ने बताएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved