अब धरानमै हुनेभयो कलेजोको सहज उपचार

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • पहिलो किताब संवाददाता

धरान / पूर्वमा भएका कलेजो सम्बन्धि रोगका बिरामीले अब काठमाडौं वा अन्यत्र धाइरहनु नपर्ने भएको छ । उपचारमा पूर्वमै ख्यातीप्राप्त वी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कलेजो सम्बन्धी रोगको सहजै उपचार हुने भएको हो ।

प्रतिस्ठानले बिहिबार पत्रकार सम्मेलन आयोजना गरी उपचार बारे जानकारी गराएको छ । स्वीटजरल्याण्डको जेनेभा युनिभर्सिटी हस्पिटलले कलेजो परीक्षणका लागि अति आवश्यक पर्ने उपकरण फाइब्रोस्क्यान मेशिन प्रतिष्ठानलाई उपलब्ध गराएको हो । यो उपकरणको सहयोगले वायोप्सी नगरी नै सबै प्रकारका हेपाटाइटिस र अल्कोहोलिक विरामीहरुको कलेजोमा भएको संक्रमणबारे सहजै परीक्षण हुने भएको छ ।

पहिलेका प्रविधिले अनुमानित रुपमा उपचार गर्नुपर्दथ्यो भने अहिलेको नयाँ उपकरणले यकिनका साथ रोग पत्ता लगाउने भएको बिरामीले कुनै कुराको तनाव नलिन प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले बताएका छन् । उनले जेनेभा युनिभर्सिटीले सहयोग गरेपछि उक्त उपकरण खरिद गर्न लाग्ने २ करोड बचत भएको समेत जानकारी दिए ।

प्रतिस्ठानका डाक्टरहरुले उक्त प्रविधि भित्रिए पश्चात अब रोग पहिचान साथै उपचार पद्दती समेत निके सहज भएको जानकारी गराए ।

स्वीटजरल्याण्डको जेनेभाबाट प्रविधि हस्तान्तरण गर्न आएका डा. लउरेन्ट स्फरले नेपालकै उत्कृष्ट शैक्षिक संस्थासंग सहकार्य गर्न पाउँदा अत्यन्त खुशी भएको बताए । उनले यो प्रविधिले बिरामीहरुलाई निकै फाइदा पुग्ने विश्वास व्यक्त गरे ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved