५ जी नेटवर्क आए यि पशुपंक्षीले गुमाउनेछन् ज्यान

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / पृथ्वीमा पुरै वैज्ञानिक र प्राविधिक युग सुरु भएको छ । नयाँ नयाँ प्रविधिहरु भित्र्याउने क्रममा ५ जीको चर्चा पनि निकै चल्ने गरेको छ । ४ जी आइसके पश्चात अब सम्पूूर्ण मानिसहरु ५ जीको प्रतिक्षामा छन् ।

तर दुनियाँलाई पुरै बदल्ने दावा गर्ने यो प्रविधि विभिन्न किसिमका जिव जन्तुका लागी खतरा हुने अनुमान लगाइएको छ । ५ जीलाई लिएर प्रश्न त तब उठ्यो जब नेदरल्याडमा यसको टेस्ट गर्दा कयौँ जीव जन्तु मारिए ।

करिब एक हप्ता पहिले नेदरल्याडको एक शहरमा सयौँको संख्यामा चराचुरुङ्गी मरेको खबर फैलिरहेको छ । गेलेक्टिक कलेक्सन नामक एक वेबसाइटका अनुसार नेदरल्याण्डको हेग शहरमा ५ जीको टेस्टिङका बेला करिब २९७ चराचुरुङ्गी ज्यान गएको थियो । यि मध्ये १५० चराहरुको टेस्ट गरेकै बेला ज्यान गएको थियो ।

यस कुराको बारेमा आधिकारिक पुष्टि भने भएको छैन तर गाउँका गाईहरुमा पनि टेस्टका बेला एकैपटक भुइँमा लडेका थिए ।

नेदरल्याण्डकै एक ल्याबमा उक्त मरेका पशुपंक्षीहरुको टेस्ट भइरहेको छ । जुन पार्कमा चराहरुको ज्यान गएको थियो उक्त पार्कलाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved