चेकको अलमल नगरी मिस स्टेटका बिजेतालाई दिइयो नगद

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • पहिलो किताब संवाददाता

धरान / सुन्दरी प्रतियोगिता गराएर बिजेतालाई रकम नदिएको धेरै खबरहरु सुनिन्छन् । कतिलाई चेक थमाइन्छ तर पैसा भने दिइँदैन ।

तर बागिला कला केन्द्रको आयोजना गरिएको मिस स्टेट कार्यक्रमका बिजेतालाई भने कार्यक्रम सकिएलगत्तै रकम प्रदान गरेको छ । यसअघि बिजेता बनेकी उदयपुरकी रमिला बस्नेतलाई स्टेजमै सुजुकी ब्राण्डको स्कुटी प्रदान गरेर प्रशंसा बटुलेको केन्द्रले फस्ट रनर अप र सेकण्ड रनरअपले पाउने रकम नगद मै प्रदान गरेको छ ।

फस्ट रनर अप बनेकी विराटनगरकी प्रज्ञा गिरी र सेकेण्ड रनर अप बनेकी ताप्लेजुङकी निशा गुरुङलाई रकम हस्तान्तरण गरिएको थियो । गिरीले ५० हजार नगद, क्राउन र अवार्ड पाएकी थिइन् । गुरुङले २५ हजार नगद, क्राउन र अवार्ड पाएकी थिइन् । कार्यक्रममा सव टाइटल बिजेतालगायतको पनि उपस्थिति थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved