नेपाली फिल्ममा डान्स गरेबापत सन्नीले लिइन् ३ करोड

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / बलिउडकी चर्चित अभिनेत्री सन्नी लिओनले नेपाली फिल्म पासवर्डमा नृत्य गरेकी छिन् । सम्पुर्ण छायाङ्कन लण्डनमा गरिएको फिल्म पासवर्डमा उनले आइटम नृत्य गरेकी हुन् ।

उक्त फिल्मको सन्नि हो नाम मेरो बोलको गीतमा नाच्नका लागी उनी सात जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । नेपाली फिल्ममा हालसम्मकै सबैभन्दा बढी बजेट खर्च गरेर बनाइएकको उक्त गीतमा २ सय भन्दा बढि डान्सरहरु रहेका छन् ।

उक्त गीतमा नाचेबापत उनले २ करोड भारतिय रुपैँया(नेपाली ३ करोड २० लाख) लिएकी छिन् ।

यो फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायांकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतले अभिनय गरेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved