जनकपुरधाम / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताएका छन् ।
मिडिया नेपालद्वारा बिहिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावान्प्रति प्रहार भएको बताएका छन् ।
सरकारको नौ महीनाको गतिविधिले जनतामा नैराश्य, अनिश्चितता सिर्जना गरेकाले राष्ट्र अराजकताको दल–दलमा फस्ने खतरा देखिएको उनले बताए ।
उनले विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि राष्ट्रिय जनता पार्टीले आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान थालनी गर्ने जानकारी दिए ।
उनले जनसङ्घर्ष शान्तिपूर्ण, गाउँगाउँदेखि शुरू भई काठमाडौँ केन्द्रित हुने बताएका छन् । जनसङ्घर्ष कुनै राजनीतिक दल, सरकारको विरूद्ध नभइ नेपाली पहिचान र राष्ट्रिय एकताको सुदृढीकरणमा केन्द्रित रहने पनि उनले बताए ।
बेलायत / लिम्बुवान नागरिक समाज, यूकेले आफ्नो स्थ... ... ...
विराटनगर / मोरङको विराटनगर महानगरपालिका–१५ बाट ... ... ...
झापा / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको मे... ... ...
विराटनगर / उद्योगी र व्यवसायीले उठाउँदै आएको विद्... ... ...
काठमाडौँ / कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार र... ... ...
Copyright © 2017 - Pahilokitaab.com All rights reserved