अमेरिकामा गोली प्रहारबाट गम्भीर घाइते भए नेपाली युवा

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • पहिलो किताब संवाददाता

अमेरिका / अमेरिकामा एक नेपालीमाथि गोली प्रहार भएको छ । अज्ञात व्यक्तिको गोली प्रहारबाट युवा गम्भीर घाइते भएका छन् ।

१ बर्षदेखि अमेरिकाको टेक्ससको ब्रायनस्थित पेट्रोल पम्पमा कार्यरत धनगढीका बिनोद जेठोरा माथि गाली प्रहार भएको हो । गोली लागि गम्भीर घाइते भएका जेठोराको टेक्ससस्थित सेन्ट जोसेफ अस्पतालमा उपचार भइरहेको छ।

टेक्सस प्रहरीले जेठारामाथि गोली प्रहार गर्ने व्यक्तिका खोजी भइरहेको बताएको छ। कालो कोट र रातो टोपी लगाएका अश्वेतले गोली प्रहार गरेको क्लोज सर्किट क्यामेरा फुटेजमा देखिएको छ। बिहान हतियारसहित आएको व्यक्तिले काउन्टरमा गएर नजिकैबाटै जेठारामाथि गोली प्रहार गरेको थियो।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved