‘सरकार संस्थागत भ्रष्टाचारको बाटोमा’

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / कांग्रेसले सरकार संस्थागत भ्रष्टाचारमा लागेको आरोप लगाएको छ । पार्टी केन्द्रीय समिति बैठकमा बुधबार प्रस्तुत कांग्रेसको आर्थिक नीतिको प्रस्तावमा उसले वर्तमान सरकार कानुनी प्रक्रिया लत्याउँदै नियन्त्रण, निषेध र संस्थागत भ्रष्टाचारको बाटोमा अघि बढेको उल्लेख छ । बैठकमा कांग्रेसको समग्र आर्थिक नीति प्रस्ताव समितिका संयोजक सहमहामन्त्री डा। प्रकाशशरण महतले आर्थिक नीति प्रस्तावको सारांश पेस गरेका थिए ।

नेकपा नेतृत्वको सरकार गठनयता वैदेशिक लगानी ७५ प्रतिशत घटेको, आन्तरिक लगानी बढ्न नसकेको र पुँजी पलायनका संकेत देखिएको प्रस्तावमा उल्लेख छ । बढ्दो व्यापार घाटा, अकासिँदो ब्याजदर र उच्च करको मारबाट लगानी निरुत्साहित भएको उसको निष्कर्ष छ। ‘समृद्ध नेपाल र सुखी नेपाली’ लक्ष्य कागजमा मात्र सीमित हुन पुगेको पनि कांग्रेसको दाबी छ ।

अन्नपूर्ण पोस्ट् दैनिकबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved