न्यूजिल्याडमा ७.५ म्याग्नीच्यूडको भूकम्प

  • प्रकाशित मितिः मंसिर, 19, 2075
  • पहिलो किताब संवाददाता

न्यूजिल्याड / न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ । सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रअनुसार न्यू क्यालेडोनिया र भानुआटुका केही तटीय इलाकामा १ देखि ३ मिटरसम्मका अग्ला छालहरु आउने अनुमान गरिएको छ । फिजीमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउन सक्ने अनुमान गरिएको छ ।

सुनामी चेतावनी केन्द्रले हवाईमा भने सुनामीको सूचना जारी गरेको छैन । यस शक्तिशाली भूकम्पपछि पाँच पटकसम्म ५.६ र ६.० को परकम्पन आएका थिए ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार यस भूकम्पको केन्द्रविन्दु न्यू क्यालेडोनियाबाट १६८ किलोमिटर पूर्वी १० किलोमिटर गहिराईका रहेको छ । न्यू क्यालेडोनियामा बारम्बार भूकम्पको प्रकोपले सताउने देशहरुको सूचीमा पर्दछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved