पद बचाउने कसरतमा उपकुलपति रौनियार

  • प्रकाशित मितिः मंसिर, 19, 2075
  • पहिलो किताब संवाददाता

धरान / भ्रष्टाचार अनि बेथितिको आरोप खेप्दै आएका धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले आफुलाई पदबाट बर्खास्त गर्ने तयारी चाल पाएपछि सिनेटको बैठक राख्न ढिलाई गर्न थालेका छन् ।

सरकारले प्रतिष्ठानमा बढेको बेथिति र भ्रष्टाचारका विषयमा छानविन गर्न स्वास्थ्य मन्त्रिको संयोजकत्वमा बनाएको समितिले तयार पारेको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रि तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले सिनेट बैठक बसाउन निर्देशन दिएका थिए । मा रौनियारलाई बर्खास्त गर्न सिफारीस गर्दै सिनेटको बैठक बोलाउन निर्देशन दिएका थिए ।

छानविन समितिले गत कार्तिक २० गते नै प्रधानमन्त्रीलाई बुझाएको प्रतिवदेनमा प्रधानमन्त्रीले १५ दिनभित्रमा सिनेट बैठक बोलाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रिको निर्देशन पछि पनि उपकुलपति रौनियारले सिनेट बैठक नबोलाएपछि मंसिर ४ गते फेरि पत्राचार गरी सिनेट बैठक बोलाउन निर्देशन दिईएको थियो । मंसिर १६ गते सिनेट बैठक बोलाउन भनेर काटिएको पत्रपछि पनि सिनेट बैठक उपकुलपति रौनियारले नबोलाएपछि प्रधानमन्त्रिले सहकुलपतिको हैसियतमा स्वास्थ्यमन्त्रिलाई नै बैठक बोलाउन निर्देशन दिएका छन् ।

उपकुलपति रौनियारले सिनेट बैठकबाटै आफुलाई हटाउने तयारी भएको बुझेपछि बैठक नबोलाएको प्रतिष्ठानका एक पदाधिकारीले जानकारी गराएका छन् । सरकारले स्वास्थ्य मन्त्रिको संयोजकत्वमा बनाएको समितिको सिफारीस अनुशार नै निर्णय हुने बुझेका उपकुलपति रौनियार भने पद जोगाउन शक्ति केन्द्र धाउन थालेको उनी निकटहरुले जानकारी गराएका छन् ।

आफुँ समस्यमा परेपछि उनले गाडी बनाउने बहानमा प्रतिष्ठानका चिकीत्सक र कर्मचारीसमेत काठमाण्डौ बोलाएको बताईएको छ । मन्त्री यादवसँग निकट मानिएका सहायक अस्पताल निर्देशक डा बिकास साहसहित छ जना प्रतिष्ठानको को १ च ११२७ नम्बरको पजेरो गाडी बनाउने बहानामा काठमाण्डौ पुगेको प्रतिष्ठानका एक कर्मचारीले जानकारी गराएका छन् । यसअघि प्रतिष्ठानका गाडी बिराटनगरमा बनाउने गरीएको थियो ।


छानविन समितिले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई रौनियारलाई पदबाट हटाउन सिफारीस गरेसँगै रौनियारलाई केहि पनि काम नगर्न स्वास्थ्य मन्त्रिले निर्देशन दिएका थिए । तर स्वास्थ्य मन्त्रिको निर्देशन पछि उपकुलपति रौनियारले केहि समय यता फेरि प्रतिष्ठानमा सामान आपुर्ति गर्दै आएका सप्लायर्सलाई मात्रै ८ करोड वरीपरि भुक्तानी गरेको प्रतिष्ठान स्रोतले जानकारी गराएको छ ।

उपकुलपतिको निर्देशनमा सुर्जिकेम सप्लायर्सलाई २० लाख , जेनेरल मेडिकल सप्लायर्सलाई ४० लाख, गर्ग इम्पेक्सलाई २४ लाख र डाइग्नोटेकलाई ६० लाख रकम भुक्तानी दिएको प्रतिष्ठानका एक कर्मचारीले जानकारी गराएका छन् ।

करिब दुई वर्ष अघि उपकुलपति बन्न सफल भएका रौनियार नियुक्त भए लगत्तै बिवादमा तानिएका थिए । एमआरआई मेशिन खरीद प्रकरणमा मुछिएपछि उनलाई कारवाहीको माग गर्दै नागरीक छानविन समिति समेत बनेका थिए । प्रतिष्ठानका बेथिति र भष्टाचारको छानबिन गर्न यसअघि स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव किरण रेग्मीको संयोकत्वमा, दोस्रो पटक केदारबहादुर अधिकारी र तेस्रो पटक प्रधानमन्त्रीकै दिर्नेशनमा उपप्रधान तथा स्वास्थ्य मन्त्रीको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।

तेस्रो पटक गठन भएको छानविन समिति प्रतिष्ठानको ऐन २०५८ (११) को ‘घ’ अनुरुप गठन भएको थियो । जस अन्तर्गत प्रतिष्ठानका पदाधिकारी हटाउन सक्ने व्यवस्था रहेको छ ।

उपकुलपतिमा रौनियार नियुक्त भएपछि प्रतिष्ठानका चिकीत्सकहरु प्रतिष्ठान छाडेर जान थालेको , कानुन व्यवसायीका लागि भनेर लाखौं रुपैंया खर्च भएकोे , प्रतिष्ठान भित्रका मर्मतका काममा अनियमितता भएको र ठेक्का अवधि सकिएका कामलाई समेत ठेक्का प्रकृया अघि नबढाई म्याद थपेर तिनै फर्म तथा कम्पनीलाई दिने कोशिस गरेको लगायतका आरोप समेत छानविन समितिले लगाएको छ ।

स्वास्थ्य मन्त्रिको संयोजकत्वमा बनेको छानविन समितिका सदस्य समेत रहेका रजिष्टार तुल बहादुर श्रेष्ठले सिनेट बैठक बस्न नसकेको जानकारी गराएका छन् । उनले छानविन समितिले तथ्य अनि प्रमाण सहित प्रतिवेदन तयार पारी सरकारलाई बुझाएको जानकारी गराए । उनले प्रतिवेदनको विषय सार्वजनिक गर्न नमिल्ने जनाउँदै सिनेट बैठकले सो विषयमा आवश्यक निर्णय गर्ने बताएका छन् ।

प्रतिवेदमा उपकुलपति रौनियारलाई बर्खास्त गर्न सिफारीस गरीएको विषयमा जानकारी माग्दा उनले छानविन प्रतिवेदन सरकारलाई बुझाएको विषय भएकाले सो विषयमा आफुले केहि पनि बताउन नसक्ने जनाएका छन् । उनले अब बस्ने सिनेट बैठकले प्रतिष्ठानका विषयमा ठोस निर्णय गर्ने जानकारी समेत गराएका छन् ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved