कोरियन प्रविधिको थेरापी काठमाडौँमा

  • प्रकाशित मितिः मंसिर, 18, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौँ / कोरियन प्रविधिको थेरापीमार्फत स्वस्थ्य सेवा प्रदान गर्न थालिएको छ । लामो समय अमेरिकामा बसेर नेपाल फर्कनुभएका बाँकेका प्रमेश शर्माले कोरियामा निर्मित थेरापी मेसिन नेपाल ल्याएर सेवा दिन थालेका हुन् । उनले उक्त थेरापी मेसिनले शरीरमा तापक्रम बढाएर विकार पदार्थ बाहिर निकाले सन्तुलन कायम गर्ने दाबी गरेका छन् । ‘बायो सेरामिक स्टेन’ बाट बनेको कोरियन मेसिनद्वारा सेवा प्रदान गरिने उनले जानकारी दिए ।

दक्षिण कोरियामा एक दशक अघिदेखि यस प्रकारको थेरापी उपचार पद्धतिको शुरु भएको हो । उक्त थेरापी सेन्टरको उद्घाटन गर्दै सङ्घीय सांसद प्रदीप यादवले स्वास्थ्य जीवनयापनका लागि थेरापीले सहयोग गर्ने धारणा व्यक्त गर्दै निःशुल्क सेवा प्रदान गरिनु निकै साकारात्मक भएको बताएका छन् । ‘काइनोज नेपाल’का सञ्चालक शर्माले विदेशबाट फर्केर केही गर्छु भन्ने सोचले आफूले निःशुल्क सेवा प्रदान गर्न थेरापी सेन्टर सञ्चालनमा ल्याइएको बताएका छन् ।उक्त सेन्टरमा मेरुदण्ड, टाउको, खुट्टा र हातको थेरापी गरिनेछ । थेरापीबाट घुँडा, जोर्नी, कम्मर र ढाँडको दुखाई, रक्तचाप, मुटु र आँखालगायत सममस्याको समाधान गर्न सहयोग मिल्ने उनले जानकारी गराए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved