३ छोरा गुमाइसकें नाती गुमाउन चाहान्नं

  • प्रकाशित मितिः मंसिर, 18, 2075
  • पहिलो किताब संवाददाता

मधुमल्ला / बाँसको टाटीले बारेको, बाँसकै भाटाले जस्तापाता च्यापेको छानो, भत्किन थालेको सानो झुपडी, यही छानो मुनि ४/५ वटा चल्ला भएको कुखुराको एउटा माउ, ढोका माथि झुन्डाइएका २/४ झुक्ता मकै र छेउमै खाँबा मा खुट्टा बाँधेर राखिएकी एक अधबैसे महिला यीनैको साहरामा सानो झुप्रो घर मा बस्छिन ७८ वर्षीय सनमायाँ ।

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ कालिझोडकी ७८ वर्षीय सनमायाँ महरा दर्जीको पिडा कहाली लाग्दो छ । घरको आर्थिक अवस्था राम्रो वनाउने सपना बोेकेर विदेश गएकि कान्छी बुहारी ३ वर्ष पछाडी नेपाल त फर्कीइन् तर घर नआई अर्कै संग विहे गरेर गइन् । श्रीमतीले छोडेर गएसम्म मानसिक रुपमा विछिप्त बनेका कान्छा छोरा कुमारले गत साउनमा जंगली हात्तीले घर समेत भत्काइदिएपछी आत्महत्याको बाटो रोजे ।

अहिले उनका साथमा एक ३८ वर्षीय छोरी छिन् । ती छोरी पनि मानसिक संतुलन गुमाएर डोरीले बाँधेर राख्नु पर्ने बाध्यता छ । ११ र १४ वर्षका २ नाती लिएर माईला छोरा अमर सँग बस्न गएको तिन महिना वित्न नपाउदैं माईलो छोराको समेत क्यान्सरका कारणले मृत्यु भयो ।

२० वर्ष अघि भारतको कोइलाखात गएका साईला छोराको अहिले सम्म अत्तो पत्तो छैन । जेठोछोरा पाँचथरमा छन् उनि आफै दिर्घ रोगी असक्त अवस्थामा छन् । अहिले यी वृद्ध आमा अपाङ्ग छोरी र नाबालक २ नाती लिएर पहिलेकै हात्तिले भत्काईदिएको घर फर्कनु पर्ने वाध्यता छ ।

आखाँभरि आँसु पार्दै उनी भन्छिन्, “अन्नको नाममा केहि छैन, अर्काकोमा बनिबुतो गर्न जानुपर्छ । छोरीको भर छैन, बाँदेर राख्दा पनि कहिलेकाहि दाम्लो चुडाएर भाग्दिदा रात दिन खोज्न जानु पर्ने पिडा छ ।” उनले भनिन्, “घर त फर्कनै पर्यो, ३ जना छोरा गुमाइसकें अब नाती गुमाउन चाहान्न । भत्किएको छानो र उद्रीएको बेरा कसरी लगाउने आफु संग उपाय छैन । छानोले नथिचोस्, चिसोले नाती नखोसोस्, भगवान र सहयोग दातालाई यहि पुकार्दैछु ।” आम्दानीको नाममा सामाजिक सुरक्षा भत्ता मात्र भएकी सनमायाले दाता हरुसंग सहयोगको लागी याचना गरेकि छिन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved