तोडियो रोनाल्डो र मेस्सीको राज , मोड्रिकले जिते बालोन डि‘ओर अवार्ड !

  • प्रकाशित मितिः मंसिर, 18, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी /  स्पेनिस रियल मड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका क्रोएसियाका लुका मोड्रिकले पहिलोपटक विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओर जितेका छन् ।

फ्रान्सको पेरिसमा सोमबार राती विशेष समारोहबीच मोड्रीचलाई विश्व फुटबलकै चर्चित अवार्ड प्रदान गरिएको हो । ३३ बर्षीय मोड्रीचले पहिलो पटक यस अवार्ड जितेका हुन् । मोड्रीचले यसअघि अवार्डमा अधिपत्य जमाउँदै आएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको एकाधिकारलाई समेत तोडेका छन् ।

सन् २००८ देखि लगातार मेस्सी र रोनाल्डोले आलोपालो जित्दै आएको यो अवार्डको शृंखला तोडिन पूरा १० वर्ष लाग्यो । र, यो दबदबा ३३ वर्षीय क्रोएसियन खेलाडीले तोडिदिए ।

नेपाली समयअनुसार सोमबार राति फ्रान्सको पेरिसमा एक कार्यक्रमबीच मोड्रिकले यो अवार्ड जितेको घोषणा गरियो । यो ‘फ्रान्स म्यागिजन’ले दिने अवार्ड हो । यो अवार्ड सन् १९५६ मा स्थापना भएको थियो ।

मोड्रिकले गत वर्ष रियल मड्रिडलाई युरोपियन च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यसैगरी, केही समयअघि रसियामा सम्पन्न विश्वकप फुटबलमा क्रोएसियालाई फाइनलसम्म लैजान पनि मोड्रिकले कप्तानी भूमिकामा महत्त्वपूर्ण योगदान दिएका थिए । यही दुई प्रतियोगिताका आधारमा उनलाई विश्व फुटबलको प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो ।

रोनाल्डो र मेसीसँगै यसपटक विश्वकप विजेता फ्रान्सका युवा स्ट्राईकर एम्बापे सहित ३० खना खेलाडी ब्यालोन डी’ ओर अवार्डको दौडमा थिए । यसपटक रोनाल्डो दोस्रो स्थानमा रहेको थियो भने एट्लेटिको म्याड्रिड फरवार्ड एन्टोइन ग्रिजम्यान तेस्रो स्थानमा रहेको थियो । चौथो स्थान हात पारेका एम्बापेले उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिने कोपा ट्रफी भने हात पारे । मेसी यसपटक पाँचौ स्थानमा रहे ।

यसैगरी इजिप्टका मोहमद सलाह छैटौं, राफेल भाराने सातौं र इडेन हाजार्ड आठौं, केभिन डि ब्रुएन नवौं र हेरी केनले १०औं स्थानमा अटाए । शीर्ष दशमा नपरेका नेमार १२औं स्थानमा रहे । अवार्डका लागि विश्वभरका एकसय ८० जना पत्रकारले मतदान गरेका थिए । फ्रान्सले सन् १९५६ देखि प्रत्येक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ ।

सन् २०१० देखि सन् २०१५ सम्म विश्व फुटबल महासंघ (फिफा) सँग मिलेर यो अवार्ड प्रदान गरिएको थियो । सन् २०१६ देखि फिफा र फ्रान्सेली फुटबलले बेग्लाबेग्लै विश्वको उत्कृष्ट फुटबल खेलाडी अवार्ड प्रदान गर्दै आएका छन् । फिफाले गत अक्टोबरमा प्रदान गरेको बर्षको सर्वोत्कृष्ट फुटबल खेलाडी (फिफा बर्ष खेलाडी) को अवार्ड पनि मोड्रीचलेनै हात पारेका थिए ।

यता, यसअघि पाँचपटक यो अवार्ड जितेका बार्सिलोना तथा अर्जेन्टिनाका मेस्सी भने यसपटक टप–३ मै अटाएनन् । सन् २००९ मा पहिलोपटक यो अवार्ड जितेका र सन् २००७ मा पहिलोपटक यस अवार्डका लागि टप–३ मा परेका मेस्सी ११ वर्षपछि पहिलोपटक टप–३ भन्दा बाहिर रहे ।

नत्र, यसअघि अवार्ड नजितेका वर्ष पनि मेस्सी लगातार टप–३ मा पर्दै आएका थिए । मेस्सीले यो अवार्ड पहिलोपटक सन् २००९ मा जितेका थिए । त्यसपछि सन् २०१२ सम्म लगातार ४ वर्ष यो उपाधि जितेका उनले सन् २०१५ मा पनि जित्दै बालोन डि‘ओर संख्या ५ पुर्याएका थिए ।

यता, रोनाल्डोले भने सन् २००८ मा पहिलोपटक यो अवार्ड जितेका थिए । त्यसपछि उनले सन् २०१३ र २०१४ मा यो अवार्ड जित्दा सन् २०१६ र २०१७ मा पनि उनले यो अवार्ड जितेर अवार्ड संख्या ५ पुर्याएका थिए ।

बालोन डि‘ओर इतिहासै सर्वाधिक धेरै ५–५ पटक जित्ने र त्यसमा पनि लगातार १० वर्षसम्म २ जना खेलाडीले मात्रै जित्ने रोनाल्डो र मेस्सी मात्रै हुन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved