रोनाल्डोले बनाए नयाँ रेर्कड

  • प्रकाशित मितिः मंसिर, 17, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी /  युभेन्टसका तथा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ रेकर्ड बनाएको छ ।

रोनाल्डो अब सबैभन्दा धेरै बालोन डि‘ओर अवार्डका लागि मनोनित हुने खेलाडी बनेका छन् । त्यत्ति मात्रै हैन, उनी लगातार १५ वर्षसम्म सो अवार्डका लागि मनोनयनमा पर्ने एक्लो खेलाडीसमेत बनेका छन् ।

रोनाल्डो पहिलोेपटक सन् २००४ मा यो अवार्डका लागि मनोनयनमा परेका थिए ।

बालोन डि‘ओरको इतिहासमा हालसम्म कोही खेलाडी लगातार १५ वर्षसम्म मनोनयनमा पर्न सफल भएको छ भने उनी रोनाल्डो नै हुन् ।

रोनाल्डोले हालसम्म यो अवार्ड ५ पटक जित्दा अर्जेन्टिनाका लिओनल मेस्सीले पनि ५ पटक नै जितेका छन् ।

५ पटक बालोन डि‘ओर जितेका मेस्सी हालसम्म कूल १३ पटक मात्रै बालोन डि‘ओरका लागि टप–३० मनोनित भएका छन् ।

सन् २०१८ का लागि दिइने यो अवार्ड आज फ्रान्सको पेरिसमा घोषणा गरिँदैछ । यसपटक यो अवार्डका लागि रियल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिक र युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई प्रमुख दाबेदार मानिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved