फेसबुकमा प्रेम बस्यो, २० वर्षे ठिटोसँग भागिन् ५० वर्षीया महिला

  • प्रकाशित मितिः मंसिर, 15, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / भारतमा ५० वर्षीया महिला २० वर्षे युवकसँग फरार भएको खबर बाहिर आएको छ । घटना त्यहाँको को मोदीनगरको हो । भारतीय सञ्चार माध्यमका अनुसार यी दुईको दोस्ती फेसबुकमार्फत भएको थियो । महिलाको एक छोराको विवाहसमेत भइसकेको बताइएको छ । महिलाका श्रीमानले यसबारे पुलिसलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो । पुलिसले युवकको मोबाइल निगरानीमा राखेको छ ।

नवभारत टाइम्सका अनुसार महिलाका जेठो छोराले उनलाई ६ महिनाअघि मोबाइल दिएका थिए । त्यसपछि महिलाले ह्वाट्सएप र फेसबुक आइडी बनाएर चलाउन थालिन् । स्रोतलाई उद्धृत गर्दै नवभारत टाइम्सले लेखेको छ, ‘तीन महिनाअघि महिलाको फेसबुकमा युवकसँग दोस्ती भएको थियो । एक महिनादेखि दुबैजना फोनमा कुराकानी गरिरहेका थिए ।’

महिलाको फोन हेरेपछि यी दुईको प्रेमप्रसंगबारे खुलासा भएको बताइएको छ । युवक बीबीएका छात्र भएको बताइन्छ । पुलिस गजेन्द्रपाल सिंहले यी दुईको खोजी कार्य जारी भएको भारतीय सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved