अनुहार मिल्दा १७ वर्ष जेल, मुक्तपछि १२ करोड क्षतीपूर्ती माग

  • प्रकाशित मितिः मंसिर, 15, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी । सन् १९९९ मा लामो कपाल पछिल्तिर बाटेका एक अफ्रिकन–अमेरिकनले कान्सास सिटीको वाल्मार्ट बाहिर एक महिलाको फोन चोरेर भागे । प्रत्यक्षदर्शीले फोन चारेर भाग्ने व्यक्तिको हुलिया बताएको आधारमा पुलिसले रिचर्ड जोन्सलाई पक्राउ गर्यो ।

घटनाका बेला जोन्स प्रेमिकाको घरमा हुँदा पनि पुलिसले उनलाई नै दोषी ठहर गर्दै १९ वर्षको जेल सजायँ सुनायो । आफू निर्दोष भएको पटक–पटक गुहार गर्दा पनि उनको अपिलमाथि कुनै सुनुवाई भएन । गत वर्ष इनोसेन्स प्रोजेक्ट ट्र्याक्ड डाउनले वालमार्ट नजिकै बस्ने ठ्याक्कै उनीजस्तै देखिने रिक अमोसलाई सार्वजनिक गरेपछि मात्र उनलाई रिहा गरियो ।

जेलभित्र रहेका जोन्सका कैदी साथीहरुले उनी ठ्याक्कै अमोसजस्तै देखिने बताएपछि उनीबारे खोजी गरिएको थियो । पीडित महिलालाई दुबैजनाको फोटो देखाएपछि जोन्सले नै उनको हमला गरेको भनेर पुष्टि गर्न सकिनन् । जोन्स जेलभित्र रहँदा हुर्किएका उनका २४ र १९ वर्षका दुई छोरीले अब १।१ मिलियन डलरको क्षतीपूर्ती माग गर्दै कन्सास राज्यमा मुद्दा दर्ता गरेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved