७५० सिसिको हार्लेको डेभिसन बाइक अब नेपालमा, मूल्य सुन्दा छक्क पर्नुहुनेछ !

  • प्रकाशित मितिः मंसिर, 2, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / अब नेपाली बजारमा पनि हार्ले डेभिडसनको नयाँ बाइक भित्रिएको छ । हार्ले डेभिडसनको नेपालका लागि आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले सो बाइक नेपाली बजारमा उपलब्ध गराएको हो । हार्ले डेभिडसनका हेलमेट, ज्याकेट, बुट, एसेसरिज र पार्ट्स आदि समेत उपलब्ध रहेका छन् ।

स्ट्रिट रड ७५० मा नयाँ सुधारिएको दुईवटा सिलिण्डर इन्जिन रहेको छ । यसको अगाडि चक्कामा दुईवटा ३०० एमएमको तथा पछाडि एक २६० एमएमका डिस्क ब्रेक रहेको छ । ग्राउण्ड क्लिेरियन्स भने २०५ एमएम रहेको छ । साथै अगाडि पछाडि दुबै तर्फ १७ इन्चको अलोए ह्वील दिइएको छ ।यसको सिट कु्रज बाईक जस्तो नभएर स्ट्रिट बाईक जस्तो रहेको छ । यदि तपाईलाई क्रुज बाईक मनपर्दैन र पनि होर्ले डेभिडसन चलाउन मन छ भने स्ट्रिट रड ७५० राम्रो अफ्सन हुनेछ ।

यसमा ७५० सीसीको ६० डिग्रीमा लिक्विड कुल्ड भीटुईन रिभोलुसन एक्स ७५० इन्जिन रहेको छ । यसको कम्प्रेसर रेसीयो १२ : १ रहेको छ, जसले ९००० आरपीएममा ७० बिएचपी पावर र ६२ एनएम टर्क जेनरेट गर्छ । जसले तेस्रो गियरमै १४० किलोमिटर प्रति घण्टाको स्पीडमा पूर्याउँछ ।

यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको बाइकमा १३.१ लिटर क्यापासीटीको टियर ड्रप फियुल ट्याङक रहेको छ । ड्रयाग बार ह्याण्डलको दुबै छेउमा लुकिङ्ग ग्लास राखिएको छ । विभिन्न पाँच कलर अप्सनमा उपलब्ध रहेने छ ।भारतीय बजार बिक्री भईरहेको यो स्पेकको मूल्य नेपाली बजारमा करिब ३० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved