बालुवाटारबाटै सरकार सञ्चालन

  • प्रकाशित मितिः कार्तिक, 21, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबार उपस्थित छैनन् । ११ कात्तिकमा छोटो समय बसेको मन्त्रीपरिषद बसेपछि त्यसयता बैठक समेत बसेको छैन । प्रधानमन्त्री ओली अस्वस्थताका कारण सिंहदरबार आउन नसकेका हुन् भने मन्त्रीपरिषद बैठक समेत बस्न नसकेको हो । तर, प्रधानमन्त्री ओली अस्वस्थ हुँदा र मन्त्रिपरिषद बैठक नबस्दा पनि सरकारी काममा भने त्यसको अभाव देखिएको छैन ।

प्रधानमन्त्री ओली बिरामी भएर अस्पतालमै रहँदा पनि मन्त्रीहरुसँग छलफल गरे, अस्पतालबाट फर्किएर निवासमा आराम गर्दा पनि उनले मन्त्री र सचिवहरुसँग छलफल गर्न छाडेनन् । उनको सचिवालयले पनि सक्रियता देखाउँदा सरकार सञ्चालनमा भने प्रभाव नपरेको हो ।

प्रधानमन्त्री ओली बिरामी भएर अस्पतालको बेडमै भएको बेला १४ कात्तिकमा रक्षा, गृह र ऊर्जामन्त्रीसँग विभिन्न विषयमा छलफल गरेका थिए । गत १६ कात्तिकमा अस्पतालबाट डिस्चार्ज भएका ओलीले बालुवाटारबाटै सरकार सञ्चालन सम्बन्धी काम कारबाही गर्दै आएका छन् ।

राजधानी दैनिकबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved