निर्माणाधीन पन्ध्र सय पुल अलपत्र

  • प्रकाशित मितिः कार्तिक, 21, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / आवश्यक ठाउँमा पुल निर्माण हुन नसक्दा डुङ्गा दुर्घटना र नदी तर्ने क्रममा वर्सेनि दर्जनौँ मानिसको मृत्यु हुँदा पनि मुलुकमा पुल निर्माण कार्यले गति लिन सकेको छैन । एकातर्फ डुङ्गा दुर्घटना र नदी तर्ने क्रममा ज्यान गुमाउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ भने अर्कातर्फ बनाउन सुरु गरिएको एक दशक सम्म पनि पुल बन्न सकेको छैन ।

सडक विभाग, पुुल महाशाखाका अनुसार २०६५ सालयता निर्माण कार्य सुरु गरिएका एकहजार ४८१ वटा पुल अझै अलपत्र अवस्थामा रहेका छन् । त्यसमध्ये विभिन्न राजमार्गका छ सयवटा र स्थानीय स्तरका ८८१ वटा पुल रहेका छन् ।

पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग थापाले निर्माण व्यवसायीहरूको बदमासी, आवश्यक बजेट र आवश्यक प्राविधिक क्षमता तथा उपकरणको अभावमा पुल निर्माण कार्य अपेक्षित रूपमा अगाडि बढ्न नसकेको बताए ।

गोरखापत्रबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved