बेथितिः कन्डिसनका गाडी ग्यारेजमा नयाँ किन्न रकम माग

  • प्रकाशित मितिः कार्तिक, 21, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / संघीय संसदका विषयगत समितिका सभापति निर्वाचित भइसकेपछि धेरै सभापतिको गुनासो थियो– सचिवालयले सुविधावापत दिएका गाडी पुराना भए । सभापति मात्र होइन, केही पदाधिकारीले पनि सचिवालयले उपलब्ध गराएको गाडीमा चित् बुझाएनन्। पदाधिकारी र सभापतिको गुनासो बढेपछि सवारी खरिदको ‘एजेन्डा’ नै बन्यो। अनि एजेन्डा पुग्यो व्यवस्थापन समिति बैठकसम्म ।

संख्याको हिसाबले हेर्ने हो भने संघीय संसद सचिवालयसँग १०० भन्दा बढी गाडी छन्। प्रचलनमा रहेका ठूला गाडी कर्मचारीको आवतजावतमा प्रयोग गरिए पनि अन्य सवारीसाधन पदाधिकारी र सचिवालयका उच्च अधिकारीले प्रयोग गर्दै आएका छन् । कुल गाडीमध्ये दुई वर्षयता भित्र्याइएका गाडी नै २५ वटाभन्दा बढी छन् तर यी गाडीसमेत पदाधिकारी र सभापतिले कन्डिसनमा नरहेको भन्दै नयाँ गाडी खरिद प्रक्रिया अघि बढाउन बाध्य बनाएका छन् ।

गोरखापत्र दैनिकबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved