दुई राप्रपाबीच एकता प्रक्रिया सुरु

  • प्रकाशित मितिः कार्तिक, 21, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच एकता प्रक्रिया सुरु भएको छ । राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमेशर राणाबीच पार्टी एकताको विषयमा छलफल गर्न भएको वार्ता सकारात्मक रूपमा सकिएको छ । महाराजगन्जस्थित होटेल ला शेर्पामा मंगलबार भएको वार्तामा एकता महाधिवेशनलाई आधार मानेर पार्टी एकता गर्ने सहमति दुई अध्यक्षबीच भएको  छ ।  

उनीहरूबीच पार्टी विभाजन हुनुअघि भएको एकता महाधिवेशनले पारित गरेको दस्तावेजका आधारमा एकीकरण गर्ने सहमति भएको हो । केही प्राविधिक विषय टुंगो लाग्न बाँकी रहे पनि अन्य विषयमा सहमति बनिसकेको राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।

नयाँ पत्रिकामाबाट

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved