आरतीका मालिक सिंघल विरुद्ध प्रहरीमा उजुरी

  • प्रकाशित मितिः कार्तिक, 20, 2075
  • नवराज कट्टेल

विराटनगर / आरती स्ट्रिप्स प्रा.लि.का मालिक संजय सिंघल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । उद्योगमा कार्यरत मार्केटिङ्ग मेनेन्जर इन्द्रजीत गर्गमाथि हातपात तथा दुव्र्यवहारसहित ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी गरिएको हो ।मालिक सिंघल विरुद्ध पीडित गर्गले जिल्ला प्रशासन कार्यालयमा मोरङमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले सिंघललाई उपस्थित गराउने आदेशसहित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएका हुन् ।

पीडित गर्गले आफू बस्दै आएको उद्योग परिसरको आवासमा बस्न पाउने, ज्यानमार्न दिएको धम्कीप्रति शान्ति सुरक्षा र आफूमाथि भएको कुटपिटका लागि सजायको माग गर्दै जिल्ला प्रशासनमा उजुरी मंगलबार उजुरी दिनु भएको थियो ।उजुरीका आधारमा शान्ति सुरक्षा तथा मालिक सिंघललाई नियन्त्रणमा लिएर उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय मोरङ र कार्यरत गर्गले पाउनु पर्ने पारिश्रमिक भरण गराई दिन श्रम कार्यालय कोशीलाई प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका हुन् ।

गर्गलाई बारम्बार कुटपिट गर्नुका साथै उनी बस्दै आएको आवासको कपडा तथा औषधी समेत जफत गरेर जलाएर नष्ट गरिएको पीडितको गुनासो छ । गर्गले बारम्बार कामदार तथा मजदुरलाई दुव्र्यवहार गर्ने गरेको र अन्यायको हदैसम्म सीमा नाघेको बताइएको छ ।उद्योग परिसरमा बस्दै आएका गर्गलाई त्यहाँ पस्नै नदिएपछि मोरङ प्रहरीको सहयोगमा पुर्नस्थापित गराइने भएको छ । पीडित गर्गले प्रदेशसभा सदस्य केदार कार्की र मजदुर नेता तेजलाल कर्णको सहयोगमा उजुरी दर्ता गर्दै तत्काल शान्ति सुरक्षाको लागि माग गरेका छन् ।

यस अगाडी उद्योगमा कार्यरत कामदारहरु बलराम काफ्ले, प्रकाश साह, हरीहर यादव र शंकरलाई सिंघलले दुव्र्यवहार गरिसकेका छन् । उद्योगी पहुँचवाला भएका कारण पीडितले प्रहरीमा उजुरी गर्न जाने आँट गर्दैनन् । बारम्बार कुटपीट तथा दुव्र्यवहार सहनु पर्ने बाध्यता रहेका मजदुर तथा कामदारले श्रम कार्यालयमा उजुरी दिने र क्षतिपूर्ती मागदावी गर्दै आएका छन् ।
अहिलेसम्म श्रम कार्यालयमा उजुरी दिने कतिपय मजदुरको उजुरी गायब हुँदै आएपछि यस पटक जिल्ला प्रशासनमार्फत कारवाही माग गरिएको हो । सिंघलको आदेश मान्दै उद्योग परिसरको आवासमा पस्न रोक्ने संजीव शर्मा, अश्विनी शर्मा र बिशाल गुप्तालाई समेत विपक्षी बनाइएको छ ।

पछिल्लो समय दुव्र्यवहारमा परेका इन्द्रजीत ३२ वर्षदेखि आरतीमा छन् । उनले भारतको दिल्ली, चण्डीगढसहित नेपालमा आठवर्षदेखि मार्केटिङको जिम्मेवारी लिएका हुन् ।
कामदारमाथि दुव्र्यवहार गर्ने सिंघल भुषण पावर एण्ड स्टील लि.इण्डियाको विङ्सको रुपमा मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीमा सञ्चालित आरती स्ट्रिप्स प्रा.लि.को प्रवद्र्धनात्मक (प्रमोटर) निर्देशक हुन् । भारतमा भुषण पावरले दुई हजार करोड रुपँैया बैंक ऋण बुझाउन नसकेपछि उद्योग सिज हुने अवस्थामा पुगेको छ ।

भारतमा उद्योग सिज हुने भएपछि सिंघलले नेपालमा आरती स्ट्रिप्स तीनजनाको नाममा राखेका छन् । उनले तीनजना निर्देशकको नाममा राखेको उद्योगमा आफू प्रमोटर देखिएपनि खास मालिक उनै हुन् । आरतीका कर्मचारीको रुपमा रहेका संजीव शर्मा (टेक्निकल), अश्विीनी शर्मा (एकाउन्टेन्ट) र बिशाल गुप्ता (फाइन्सियल) निर्देशक अहिले निर्देशक हुन् । उनीहरुकोे नाममा कम्पनि नौ अर्बमा बिक्री गरिएको भन्दै राखिएको छ । तर, विदेशी कम्पनिले उद्योग बिक्री गर्दा बुझाउनु पर्ने लाभांश कर समेत त्यो प्रकरणमा छलि गरिएको छ । नेपाल सरकारले महत्वपूर्ण व्यवसायीक कदरले सन् २०१४ मा भुषण पावरलाई सम्मान गरेको थियो । भुषणकै विङ्स आरती स्ट्रिप्स विराटनगर नजिकै टंकीसिनवारीमा सन् २००० देखि सञ्चालित छ ।

इन्द्रजीतमाथि भएको दुव्र्यवहार तथा कुटपिटका सम्बन्धमा आरतीका निर्देशक मध्येका एक संजीव शर्माले भने अस्वीकार गरेका छन् । आरती स्ट्रिप्समा सेवा तथा सुविधाको माग गर्ने नेपाली कामदारलाई बारम्बार दुव्र्यवहार हुने गरेको छ । यिनै संजीव शर्माले समेत केहिवर्ष अगाडी सहयोगीको रुपमा रहेकी एक महिला कामदारलाई दुव्र्यवहार गरेको आरोप लागेको थियो । तर, उसबेला महिलाको उजुरी प्रहरीले दर्ता भने गर्न मानेको थिएन । अहिले पनि मजदुरहरुले प्रहरीमा उजुरी लिएर गए दर्ता नहुने डर राखिरहेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved