इटहरीलाई यसै बर्ष स्पोर्ट्स सिटी बनाउने घोषणा

  • प्रकाशित मितिः कार्तिक, 20, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / प्रदेश १ को प्रमुख शहर इटहरीलाई यसै बर्षदेखि स्पोर्ट्स सिटी बनाउने घोषणा गरिएको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले व्यापारिक, शैक्षिक, आवासिय हब बन्दै गएको इटहरीलाई स्पोर्ट्स सिटी बनाउने घोषणा गरेका हुन् ।

मेयर चौधरीले कार्यपालिका बैठकबाट इटहरीलाई नमुना र स्पोटर्स सिटी बनाउने निर्णय गरेरी कार्यपालिका बैठकबाट नै इटहरीलाई नेपालकै नमुना सहर एवं स्पोटर्स सिटी बनाउने बताए ।

पछिल्लो समय खेलकुदको पनि हब बनेको सुनसरीको इटहरीलाई स्पोर्ट्स सिटी बनाउन विभिन्न खेलका विधा, खेलाडी , बुद्धिजिवि, खेलप्रेमीहरुसँग छलफल गरिने उनको भनाई थियो । सबैको धारणासँग बसेर स्पोर्ट्स सिटीको बिषयमा धारणा प्रस्तुत गराएर स्पोर्ट्स सिटीको घोषणा गरिनेछ । खेल क्षेत्रबाट इटहरीको विकासमा उल्लेख्य योग्दान हुनसक्ने मेयर चौधरीले धारणा व्यक्त गरे ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved