आरतीका मालिक सिंघलले फेरी कुटे कामदार

  • प्रकाशित मितिः कार्तिक, 20, 2075
  • नवराज कट्टेल

विराटनगर / उद्योगमा कार्यरत कामदारमाथि बारम्बार दुव्र्यवहार तथा कुटपिट हुने गरेको आरती स्ट्रिप्स प्रा.लि.मा फेरी अर्का व्यक्ति पीडित बनेका छन् । उद्योगको प्राविधिक विभाग अन्र्तगत कार्यरत कामदारलाई मालिक संजय सिंघलले कुटपीट गरि कामबाट निकालि दिएका छन् । कामदार इन्द्रजीतलाई दुई दिन अगाडी निर्घात कुटपिट गरि उद्योग प्रवेशमा निषेध गरिएको पीडितको गुनासो छ । 


उद्योगका मालिक सिंघलद्वारा यस अगाडी पनि पाँचजना मजदुर तथा कामदारलाई कुटपीट भएको थियो । छैटौं दुव्र्यवहार सहने कामदारको रुपमा इन्द्रजीत रहेका छन् । यस अगाडी उद्योगमा कार्यरत नेपाली कामदार धिरेन लामा, बलराम काफ्ले, प्रकाश साह, हरीहर यादव र शंकरलाई सिंघलले दुव्र्यवहार गरिसकेका छन् । उद्योगी पहुँचवाला भएका कारण पीडितले प्रहरीमा उजुरी गर्न जाने आँट गर्दैनन् । बारम्बार कुटपीट तथा दुव्र्यवहार सहनु पर्ने बाध्यता रहेका मजदुर तथा कामदारले श्रम कार्यालयमा उजुरी दिने र क्षतिपूर्ती मागदावी गर्दै आएका छन् । 


अहिलेसम्म श्रम कार्यालयमा उजुरी दिने कतिपय मजदुरको उजुरी गायब हुँदै आएको उनीहरु बताउँछन् । पछिल्लो समय दुव्र्यवहारमा परेका इन्द्रजीत लामो समयदेखि कार्यरत थिए । उद्योग परिसरमै रहेको क्वाटरमा बस्दै आएका उनलाई एक्कासी उद्योग प्रवेशमा निषेध गर्दै कुटपीट गरेर निकालिएपछि आफ्नो भएभरको सामाग्री समेत लिने अवसरबाट बन्चित हुनु परेको छ ।
कामदारमाथि दुव्र्यवहार गर्ने सिंघल भुषण पावर एण्ड स्टील लि.इण्डियाको विङ्सको रुपमा मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीमा सञ्चालित आरती स्ट्रिप्स प्रा.लि.को प्रवद्र्धनात्मक (प्रमोटर) निर्देशक हुन् । भारतमा भुषण पावरले दुई हजार करोड रुपँैया बैंक ऋण बुझाउन नसकेपछि उद्योग सिज हुने अवस्थामा पुगेको छ ।
भारतमा उद्योग सिज हुने भएपछि सिंघलले नेपालमा आरती स्ट्रिप्स तीनजनाको नाममा राखेका छन् । उनले तीनजना निर्देशकको नाममा राखेको उद्योगमा आफू प्रमोटर देखिएपनि खास मालिक उनै हुन् । आरतीका कर्मचारीको रुपमा रहेका संजीव शर्मा (टेक्निकल), अश्विीनी शर्मा (एकाउन्टेन्ट) र बिशाल गुप्ता (फाइन्सियल) निर्देशक अहिले निर्देशक हुन् । उनीहरुकोे नाममा कम्पनि नौ अर्बमा बिक्री गरिएको भन्दै राखिएको छ । तर, विदेशी कम्पनिले उद्योग बिक्री गर्दा बुझाउनु पर्ने लाभांश कर समेत त्यो प्रकरणमा छलि गरिएको छ । 


नेपाल सरकारले महत्वपूर्ण व्यवसायीक कदरले सन् २०१४ मा भुषण पावरलाई सम्मान गरेको थियो । भुषणकै विङ्स आरती स्ट्रिप्स विराटनगर नजिकै टंकीसिनवारीमा सन् २००० देखि सञ्चालित छ । इन्द्रजीतमाथि भएको दुव्र्यवहार तथा कुटपिटका सम्बन्धमा आरतीका निर्देशक मध्येका एक संजीव शर्माले भने अस्वीकार गरेका छन् । आरती स्ट्रिप्समा सेवा तथा सुविधाको माग गर्ने नेपाली कामदारलाई बारम्बार दुव्र्यवहार हुने गरेको छ । यिनै संजीव शर्माले समेत केहिवर्ष अगाडी सहयोगीको रुपमा रहेकी एक महिला कामदारलाई दुव्र्यवहार गरेको आरोप लागेको थियो । तर, उसबेला महिलाको उजुरी प्रहरीले दर्ता भने गर्न मानेको थिएन । अहिले पनि मजदुरहरुले प्रहरीमा उजुरी लिएर गए दर्ता नहुने डर राखिरहेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved