एकाबिहानै खुकुरी प्रहारबाट बाउ-छोरी घाइते : आक्रमणकारी फरार

  • प्रकाशित मितिः कार्तिक, 20, 2075
  • पहिलो किताब संवाददाता

धनुषा / धनुषामा मंगलबार बिहानै अज्ञात समूहले सुतिरहेकै अवस्थामा बाबु-छोरीलाई खुकुरी प्रहारबाट घाइते बनाएको छ ।

जिल्लाको धनौजाी गाउँपालिका-४, तरहीस्थित आफ्नै घरमा सुतिरहेका बेला ढोका फोडेर पसेका आक्रमणकारीहरूले ५० वर्षीय अबदुल नदाफ र उनकी छोरी १७ वर्षीया नजमुल खातुनलाई खुकुरीले हानेका हुन्।

खुकुरी प्रहारबाट अबदुलको टाउकोमा तथा नजमुलको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ।

उपचारका लागि घाइते दुवैलाई जनकपुर अञ्चल अस्पताल पठाइएको र आक्रमण गर्ने समूहको खोजी भइरहेको धनौजीस्थित प्रहरी चौकीले जानकारी दिएको छ।

घटना बिहान ४ बजेतिर भएको हो।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved