नेता तुलाधरको पार्थिव शरिरलाई शोभाभगवतीमा अन्त्यष्टि गरिने

  • प्रकाशित मितिः कार्तिक, 19, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / मस्तिष्कघात भएर आइतबार निधन भएका पूर्व मन्त्री एवम् वरिष्ठ बामपन्थी नेता पद्मरत्न तुलाधरको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि लाजिम्पाटस्थित निवासमा राखिएको छ ।स्वर्गीय नेता तुलाधरको पार्थिव शरिरलाई शोभाभगवतीमा अन्त्यष्टि गरिने कार्यक्रम रहेको छ ।

उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्वास्थ्य अवस्था निरन्तर विग्रदै गएपछि उनलाई गत साता माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

स्वर्गीय तुलाधरलाई सोमबार बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरु, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवाहरुले निवासमै पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved