पतिलाई छोडेर एक्लै सन्तान पाल्ने बलिउडका ५ नायिका

  • प्रकाशित मितिः कार्तिक, 19, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / बलिउडका कलाकारहरुको प्रेम सम्बन्ध र वैवाहिक जिवन साथै उनीहरुको सम्बन्ध विच्छेद जस्ता खबर भारतिय सञ्चार माध्यममा निकै छाउने गरेका छन् ।

नयाँ प्रेमी जोडी होस् वा सम्बन्ध टुटेको जुन समाचारले पनि सञ्चार माध्यममा तरङ्ग पैदा गर्ने गर्छ। विवाह पछि सम्बन्ध विच्छेद भएका केहि नायिकाहरु अहिले आफ्ना सन्तानलाई एक्लै पाली रहेका छन्। यहाँ यस्ता नायिकाहरु प्रस्तुत गरिएको छ, जसले सम्बन्ध विच्छेद पश्चात आफ्ना सन्तान एक्ले पालीरहेका छन् ।

१.करिश्मा कपूर
आफ्नो पति संजय कपूरसँग २०१६मा सम्बन्ध विच्छेद गरिसकेकी नायिका करिश्मा कपूरका दुई सन्तान रहेका छन्। अहिले आफ्नो दुई सन्तानको उनी एक्लै हेरचाह गरिरहेकी थिइन्।

२.रीना दत्ता
सन् १९८६ मा आमिर खानसँग विवाह गरेकी रीना दत्ताको आमिरसँग सम्बन्ध बिच्छेद भएपछि उनी अहिले आफ्नो दुई बच्चाको हेरचाह आफै गरिरहेकी छिन्। आमिरले अहिले दोस्रो विवाह गरेको भएता पनि रीनाले भने एक्लै आफ्नो सन्तानको हेरचाह गरिरहेकी छिन्।

३.प्रीति झंगियानी
सन् २००८ मा अभिनेता परवीन डबाससँग विवाह भएकी अभिनेत्रीको वैवाहरिक जीवन आफ्नो छोराको जन्म पछि अगाडी बढ्न सकेन। जसको कारण उनको पतिसँग सम्बन्ध विच्छेद भयो। अहिले उनि आफ्नो छोरालाई एक्लै हुर्काइरहेकी छिन्।

४.अमृता सिंह
८० को दशकमा बलिउडमा राम्रै नं बनाउन सफल यी नायिकाले सैफ अली खानसँग विवाह गरेकी थिइन्। यी दुईबाट दुई सन्तानको जन्म भएको थियो । अहिले सम्बन्ध बिच्छेद पनि आफ्नो दुई सन्तानको एक्लै हेरचाह गरिरहेकी थिइन्।

५.रिचा पिल्लई
बलिउडकी चर्चित मोडल समेत रहेकी अभिनेत्री रिचाले १९९८ मा अभिनेता संजय दत्तसँग विवाह गरेता पनि सम्बन्ध धेरै टिक्न सकेन। सम्बन्ध विच्छेद पछि उनी टेनिस प्लेयर लेन्डर पेससँग सम्बन्धमा रहिन जसको कारण उनले एक छोरीलाई जन्म दिएकी थिइन्। अहिले उनी एक्लै आफ्नो छोरीको हेरचाह गरिरहेकी छिन्।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved