ट्रकको ठक्करबाट चीनमा १५ जनाको मृत्यु

  • प्रकाशित मितिः कार्तिक, 18, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तरपश्चिममा १५ जनाको मृत्यु भएको छ । चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरु ४४ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

लान्झाउ सूचना विभागका अनुसार शनिबार राति सो ट्रकले एक्सप्रेस राजमार्गमा रोकिराखेका ३१ ओटा कारलाई ठक्कर दिएको थियो । घाइतेमध्ये दश जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । प्रहरीले ट्रक चालकलाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको बताएको छ ।

चीनमा सवारी दुर्घटनाका घटना बारम्बार हुने र बर्सेनि हजारौंको मृत्यु हुने गरेको छ । अधिकारीहरुका अनुसार, सन् २०१५ मा मात्र सडक दुर्घटनामा करिब ५८ हजारको मृत्यु भएको थियो । अधिकांश दुर्घटना ट्राफिक नियमको उल्लङ्घनका कारण हुने गरेको बताइएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved