काजुको दैनिक सेवनले आस्चर्यजनक फाईदा

  • प्रकाशित मितिः कार्तिक, 18, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / काजुको नियमित सेवनले मानिसलाई स्वस्थ राख्न निकै सहयोग गर्दछ । काजुमा मोनो स्याचुरेटेड फ्याट हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ र मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।

काजुका अन्य फाइदाहरु

१.डायबेटिज नियन्त्रण- प्रत्येक दिन काजु खाँदा शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रण गर्छ ।

२.कोलेस्टेरोल घटाउँछ- प्रत्येक दिन बिहान काजु खाँदा कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्दछ ।

३.मुटु बलियो बनाउँछ- काजुमा ओलिक एसिड पाइन्छ । जसले मुटुलाई स्वस्थ र बलियो बनाउन मद्दत गर्दछ । काजुमा पाइने विभिन्न तत्वहरुले मुटुका मांसपेशीलाई बलियो बनाउछ ।

४.पोषण प्रदान- काजुमा म्याग्नेसियम, कार्बोहाइड्रेट, प्रोटिन, आइरन आदि पाईने भएकोले काजु खाँदा हड्डी र दाँत बलियो बनाउनुको साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्न मद्दत गर्दछ ।

५.दिमाग तेजिलो बनाउँछ- काजुमा पाईने एकप्रकारको तेल जसमा भिटामिन ‘बी’ प्रशस्त मात्रामा हुन्छ। यसले दिमाग तेजिलो बनाउँछ ।

६.रक्तचाप नियन्त्रण- काजुमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुन्छ । त्यसैले काजु खाँदा रक्तचाप नियन्त्रित अवस्थामा रहनमद्दत गर्दछ।

७.युरिक एसिड हुन दिँदैन- दैनिक काजु खाँदा शरीरमा युरिक एसिड फर्मेसन हुन् दिदैन । युरिक एसिड भएका व्यक्तिहरुले ड्राईफुड खान उपयुक्त नहुने भएकोले त्यस्ता व्यक्तिहरुले निर्धक्कसँग काजु खान सकिन्छ ।

८.थकान हटाउँछ- प्रत्येक दिन बिहान काजु खाँदा शरीरमा उर्जा प्राप्त हुन्छ । कुनै कम नगर्दा पनि थकान महसुस हुन्छ भने काजु खाँदा तपाईंको शरीरमा ऊर्जा र फुर्तिलो महसुस हुन्छ ।

९.अनुहार चम्किलो बनाउँछ- काजुमा उच्च मात्रामा प्रोटिन पाइन्छ । त्यसैले दैनिक रुपमा काजु खाएमा अनुहार चम्किलो बन्छ । अर्थात् काजुलाई पानीमा भिजाई पिस्ने र यो लेप अनुहारमा लगाई मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved