अमला खानुको फाइदा

  • प्रकाशित मितिः कार्तिक, 18, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी /  पाँच हजार वर्ष अघिदेखि संसारको विभिन्न देशमा यसको सेवन गरिँदै आएको छ  । अमला विशेषगरी कपाललाई आवश्यक पर्ने भिटामिन र मिनरल्सको निकै राम्रो स्रोत हो ।अमला एक गुणकारी फल हो यसले शरिरमा फाइदै फाइदा पुर्याउँछ ।

१) भिटामिन सीको राम्रो स्रोतः
अमला भिटामिन सी को राम्रो स्रोत हो ,जसले रुघा खोकीको समस्या भगाउनुका साथै मुटु रोग र क्यान्सरमा समेत फाइदा पुर्याउँछ । भिटामिन सीको प्रचुर मात्रा भएका कारण यसले गिजाबाट रगत बग्ने समस्यामा राहत प्रदान गर्छ ।

२)कोलेस्ट्रोल घटाउँछः
ब्याड कोलेस्ट्रोल घटाउन अमलाले सहयोग गर्छ जसका कारण मुटु स्वस्थ रहन्छ को साथै स्वस्थ्य डाइट चार्ट अपनाउने बारे सोच्दै हुनुहुन्छ भने आफ्नो खानामा अमला समावेश गर्नु नछुटाउनुहोस् ।

३) पाचन क्रिया बलियो राख्छः
पाचन इन्जाइमलाई अमलाको तितो र अमिलो स्वादले एक्टिभ बनाउँछ । यसले ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याक्ट पनि सफा गर्न सहयोग गर्छ । यसमा अत्यधिक फाइबर पाइने भएकाले पाचनमा समस्या भएकाहरुका लागि यो वरदान साबित हुनसक्छ ।

४) कपालको केयरः
अमलाले कपाललाई स्वस्थ, बाक्लो, लामो र चम्किलो राख्छ भन्ने मान्यता छ ।

५) एन्टि–अक्सिडेन्ट पावरः
अमलामा विभिन्न पोलिफेनोल्स छ जसले शरिरको विषाक्त बाहिर निकाल्न मद्दत गर्छ ।

६)प्रतिरोधी क्षमता वृद्धि गर्छः
अमलाले विभिन्न रोगसँग लड्ने सहयोग पुर्याउनुका साथै यसले तपाईंलाई भविष्यका लागि पनि तयार राख्छ । यसले तपाईंको प्रतिरोधी क्षमता वृद्धि गर्छ भने हत्तपत्त रुघाखोकी लाग्न दिँदैन ।

७) स्वस्थ छालाः
कलेजोमा खराबी भएपछि छालामा समस्या देखिन्छ । यो उत्कृष्ट एन्टिअक्सिडेन्ट भएकाले कलेजोमा भएको विकृत वस्तुलाई बाहिर निकाल्न सहयोग गर्छ । जसका कारण तपाईंको छाला स्वस्थ हुन्छ ।

८) डाइटिङ गर्दाः
त्यसकारण तौल कम गर्न चाहनेका लागि यो निकै राम्रो मानिन्छ ,अमलामा फ्याटको मात्रा अत्यधिक कम हुन्छ । यसले मेटाबोलिजम वृद्धि गर्छ जसका कारण शरिरमा जम्मा भएका फ्याटलाई घटनाउन सहज हुन्छ ।

९) पौष्टिक रुपमा समृद्धः
कम क्यालोरी हुँदा पनि अमलामा भरपुर मात्रामा पौष्टिक तत्व पाइन्छ । यो भिटामिन र मिनरल्सको राम्रो स्रोत हो । यसमा कार्बोहाइड्रेट र डायटरी फाइबर पनि भरपुर मात्रामा पाइन्छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved