नेपाली चलचित्रको गितमा सन्नीले लगाइन् ठुम्का, ट्वीटद्धारा गरिन् खुसी व्यक्त

  • प्रकाशित मितिः कार्तिक, 18, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / बलिउडकी चर्चित नायिका सन्नी लियोन नेपाली चलचित्रमा देखिने भएकी छिन् । एबी इन्टरनेशनलले पहिलो पटक निर्माण गर्न लागेको चलचित्र ‘पासवर्ड’ मा उनको अभिनय रहने बताइएको छ ।

उक्त चलचित्रमा आइटम डान्स गगेकी सन्नीले मुख्य नायक बिक्की जोशीसँग स्क्रिन सेयर गर्ने बताइएको छ ।

यसबारे सन्नीले ट्वीट गर्दै भनेकी छिन्-‘बहुप्रतिक्षित नेपाली चलिचित्र ‘पासवर्ड’ को डान्स नम्बरमा हिस्सा बन्न पाउँदा म निकै खुसी छु ।’

सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यस चलचित्रले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्ष कथाको रुपमा उठाउने निर्माण कम्पनीको भनाई रहेको छ । निर्माण पक्षका अनुसार चलचित्रको ९८ प्रतिशत छायांकन बेलायत र बाँकी नेपालमा हुनेछ ।

फिल्ममा सन्नी लियोन, विक्की जोशी, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेतसहित दुई नवनायिका परी राना र लिसा सुनारको समेत अभिनय रहनेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved