पागल प्रेमीका, जसले आफ्नो नाइटो काटेर दिइन् प्रेमीलाई उपहार

  • प्रकाशित मितिः कार्तिक, 15, 2075
  • पहिलोकिताव संवादताता

एजेन्सी /  प्रेमले मानिसलाई पागल बनाइदिन्छ भन्ने कथनलाई प्रमाणित गदै मेक्सिकोकी एक प्रेमिकाले आफ्ना प्रेमीलाई नाइटो काटेर उपहार दिएकी छिन् ।

२३ वर्षकी ती युवतीले आफ्नो प्रेमीलाई खुसी पार्नका लागि यस्तो उपहार दिने सोँच बनाइन् जुन सुन्दै अनौठो लाग्दछ ।

मेक्सिकोको गुआडालाजारा क्षेत्रमा बस्ने पालिना क्यासिलास लेन्डरोस नामकि युवतीले आफ्नो ब्वायफ्रेडको लागि उपहार भन्दै आफ्नो जिउको शल्यक्रिया गरी नाइटो नै हटाएकी छिन् ।

प्रेमीलाई प्रेमको प्रतिकको रुपमा नाइटो वीहिन पेट उपहार दिने उनको त्यो दुस्साहसलाई धेरैले अनौठो माने ।

तर विडम्बना जसका लागी उनले आफ्नो नाइटो नै फ्याँकीन् ती युवकसँग उनको ब्रेकअप भैसकेको छ ।

उनले झण्डै तिन वर्षअघि आफ्नो नाइटो नै काटेकी रहेछिन् । परिवारको विरोधका बाबजुत जिउका धेरै ठाउँमा टाटु खेपेकी तथा जिब्रो छेडेकी उनले प्रेमीका लागि नाइटो काटिन् । उनले ब्यायफ्रेण्डकै अनुरोधमा त्यसो गरेकी थिइन् । तर समय क्रमसँगै उनको प्रेमीसँगको सम्बन्ध बिग्रियो र ब्रेकअप भयो ।

नाइटो फ्याँक्ने अपरेशन निकै खतरनाक थियो जसका कारण पछि संक्रमण भएर उनको झण्डै ज्यान नै गयो । अहिले बल्ल उनले आफ्नो गल्तीको महसूस गरेकी छिन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved