रेष्टुरेन्टमा पानी पिएर १० हजार डलर टिप्स

  • प्रकाशित मितिः कार्तिक, 15, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी/ रेष्टुरेन्टमा खाइसकेपछि वेटर–वेट्रेसलाई अलिकति टिप्स दिने त चलनै छ । तर यदि कोहीले टिप्स नै लाखौँ रुपैयाँ दियो भने टिप्स पाउने त छक्क पर्ने नै भयो, सुन्नेहरुलाई पनि अचम्म लाग्दो रहेछ ।

चर्चित युट्युब ब्लगर जिम्मी डोनाल्डसनले हालै एक रेष्टुरेन्टमा वेट्रेसलाई १० हजार डलर टिप्स दिएको घटनाले अहिले चर्चा कमाइरहेको छ । घटना अमेरिकाको नर्थ क्यारोलिनास्थित ग्रिनभिल्लेमा रहेको सुप डग्स रेष्टुरेन्टमा गत शनिबार भएको हो ।


१० हजार डलर टिप्समा पाउने भाग्यमानीको नाम हो, एलेना क्लस्टर ।उक्त रेष्टुरेन्टमा साँझ अबेर छिरेका थिए जिम्मी । उनले भित्र छिरेर केहीबेर कुर्सीमा बसे र दुई बोतल पानी मगाए । अनि टेबुलमा १० हजार डलर राखिदिएर उनी निस्किए । पानी पुर्याउन जाने वेट्रेसले त्यो रकम हात पारिन् ।


सुरुमा जिम्मीलाई कसैले चिनेन तर जब १० हजार डलर टिप्स छाड्ने ग्राहकको पहिचानको खोजी भयो तब उनी चर्चित युट्युबर जिम्मी भएको खुलासा भयो ।जीवनमा कहिल्यै पनि कल्पना नगरेको यत्रो टिप्स पाएपछि एलेनाले भनेकी छिन्– दुनियाँमा मानवियता अझै ज्यूँदै रहेछ ।


मोटो रकम टिप्स दिने मामिलामा जिम्मी अगाडि छन् । यसअघि उनले एक पिज्जा डेलिभरी गर्ने युवकलाई पनि १० हजार डलर टिप्स दिएका थिए । पिज्जा ब्वायलाई १० हजार डलर टिप्स दिएको भिडियो उनी आफैंले अपलोड गरेका थिए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved