वल्र्ड लिंकको रिपिटर टावरमा तोडफोड

  • प्रकाशित मितिः कार्तिक, 6, 2075
  • पहिलोकिताव संवादताता

सल्यान / वल्र्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ । वल्र्ड लिंक इन्टरनेटको कपुरकोट – ३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

टावरमा क्षति भएपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोटलगायत जिल्लामा वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

दशैँ मनाउन चौकीदार घर गएको मौका छोपी अज्ञात समूहले टावरभित्र छिर्ने ढोका फोडेर महत्वपूर्ण तार काटी रेडियो उपकरण झिकेर लगेको वल्र्ड लिंकका सल्यान प्रतिनिधि सनतकुमार शर्माले जानकारी दिए । घटनाबारे इलाका प्रहरी कार्यालय कपुरकोटले अनुसन्धान गरिरहेको जनाइएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved