काठमाडौंमा बिजुलीबाट चल्ने बस सञ्चालनमा आउँदै

  • प्रकाशित मितिः कार्तिक, 6, 2075
  • पहिलोकिताव संवादताता

काठमाडौं / मंगलबारबाट काठमाडौंमा बिजुलीबाट चार्ज हुने ब्याट्रिको सहयोगमा चल्ने सार्वजनिक बसको औपचारिक रुपमा औपचारिक सुरुवात हुने भएका छन् । साझा यातायातसँगको सहकार्यमा ‘बिजुली बस’ सञ्चालनमा आउन लागेको हो ।

लुम्बिनी विकास कोषले एडिबीको आर्थिक सहयोगमा ल्याएका पाँचवटा बिजुली बसको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

बसमा चालक र यात्रु गरी २० जना सवार हुन सक्छन् । अपांगमैत्री रहेको बस एकपटक चार्ज गरेपछि २५० किलोमिटर गुड्ने जनाइएको छ । वातावरणमैत्री बसको उद्घाटन गरी प्रधानमन्त्री ओली त्यसमा चढेर यात्रा गर्ने तयारी रहेको छ । उद्घाटन कार्यक्रम साझा यातायात पुल्चोकमा हुँदैछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved