बलात्कारको गलत रिपोर्ट बनाउने डाक्टरको प्रमाणपत्र खोसियो

  • प्रकाशित मितिः आश्विन, 25, 2075
  • पहिलो किताब संवाददाता

धनुषा / नेपाल मेडिकल काउन्सिलले जनकपुर अञ्चल अस्पतालका डा. रम्भा गोइत र डा. विजयकुमार सिंहलाई अर्को निर्णय नभएसम्मका लागि व्यावसायिक प्रमाणपत्र निलम्बनसँगै बिरामी जाँचमा रोक लगाएको छ ।

काउन्सिलका प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले डाक्टरद्वय गोइत र सिंहले बलात्कारपीडित बालिकाको शारीरिक जाँच गर्दा न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहारविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै व्यावसायिक प्रमाणपत्र निलम्बन गरी चिकित्सकीय गतिविधिबाट बञ्चित गराएको जनाएका छन् ।

ती दुवै चिकित्सकले बिरामी जाँच्ने काम गरे नयाँ मुलुकी संहिताको फौजदारी कानुनअनुसार कारबाही हुन सक्ने डा.अधिकारीले चेतावनी दिएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved